आरजु राणा देउवा बनिन क्षेत्रीय प्रतिनिधि,छोरा जयवीर उम्मेदवार नै भएनन्

news
news
September 13, 10:46

धनगढी / नेपाली कांग्रेस डडेलधुराको वडा अधिवेशनबाट आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि भएकी छन् ।

यसपटक क्रियाशिल सदस्य बनेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजुका एकमात्र सन्तान जयवीर देउवा भने प्रतिनिधि बनेनन् ।

आरजु भने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी छन्। आरजु ०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनाव भने कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी थिइन । उनले आगामी चुनाव पनि कैलालीबाटै लड्ने गरेर तयारी गरिरहेकी छन् ।

भदौ २५ गते भएको वडा अधिवेशनमा जयवीरले उम्मेदवारी नै दिएनन् । प्रधानमन्त्री देउवाको पनि सोही वडामा क्रियाशिल सदस्यता छ ।

प्रधानमन्त्री देउवा भने सभापति भएकोले स्वतह महाधिवेशन प्रतिनिधि हुन्छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा