डोटीमा एमालेका तीन जनप्रतिनिधिले एसको पक्षमा गरे सनाखत

news
news
September 06, 8:30

डोटी । डोटीमा नेकपा एमालेका तीन जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) एसको पक्षमा सनाखत गरेका छन् । 

जिल्लाको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरख बहादुर सार्कीले सनाखत गरेका हुन् । 

आफूहरू नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको उप -प्रमुख खड्काले हाम्रा कुरालाई जानकारी दिए ।

तत्कालीन नेकपा हुँदा पूर्वी चौकीका अध्यक्ष बोगटी र दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख खड्का केपी ओली टिमका हुन् भने सायल-३ का वडा अध्यक्ष सार्की प्रचण्ड-माधव टिममा थिए । सनाखत गर्ने अवधि भोलि भाद्र २२ गतेसम्म रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा