बडीमालिका–२ का एमाले वडा सचिव सहित पाँच परिवार काँग्रेस प्रवेश

news
news
September 06, 9:40

बाजुरा – नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा टोल समिति गठनमा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । 
सोमबार नेपाली काँग्रेस बडीमालिका–२ वडा कार्य समितिले आयोजना गरेको टोल समिति गठनमा नेकपा एमाले वडा सचिव भीमबहादुर बोगटी सहित पाँच परिवार एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसकी महिला नेत्री जयन्ती हमालले मालिका टुडेलाई जानकारी दिएकी छन्  । 

May be an image of 5 people, people standing, outdoors and text that says '0000 Samsung Quad Camera Shot with my laxyA71 laxy'
उनले दिएको जानकारी अनुसार एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेलाई नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित र बडीमालिका नगरपालिका उप प्रमुख तथा जिल्ला कार्य समिति सदस्य कविता विष्टले स्वागत गरेका छन् । 

May be an image of 3 people, including Kabiraj Pandit, people standing, outdoors, tree and text that says 'ng Quad Camera my Galaxy A71'
एमाले परित्याग गरी नेपाली काँग्रेस   प्रवेश गर्नेमा एमाले बडीमालिका–२ का वडा  कमिटि सचिव भीमबहादुर बोगटी,धनीदेवी रोकाया,भुपा विष्ट ,निशा हमाल र जोगगिरी गन्धर्व सहित उनीहरुका स–परिवार काँग्रेसमा प्रवेश गरेको महिला नेत्री हमालले टुडेलाई बताएकी छन् ।
वडाको भौनेरा टोलमा गरिएको टोल समिति गठन गरिएको छ । टोल समितिमा मीनबहादुर चन्दलाई सभापतिमा चयन गरिएको छ ।  

May be an image of 13 people, including Kabiraj Pandit and Kabita Bist, people standing, outdoors and tree
टोल समितिको उपसभापतिमा भीम बोगटी,सचिवसुरेन्द्र हमाल,कोषाध्यक्ष इन्द्र रोकाया, र सह सचिव निशा हमाल सहित १५ सदस्यीय टोल कार्य समिति गठन गरिएको हो । 

May be an image of 12 people, people standing, tree, outdoors and text that says '0000 Samsung Quad'Camera Quad Shot with my Galaxy A71'
वडा सभापति मदनराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित रहेका थिए ।

May be an image of one or more people, people standing, people sitting, tree and outdoors

कार्यक्रममा बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्ट, महिला नेत्री जयन्ती हमाल विशिष्ट अतिथी रहेका थिए । 

May be an image of 4 people, including Kabiraj Pandit, people standing, tree and outdoors
टोल समिति गठनको संचालन नन्द खत्रीले गरेको स्वागत मन्तव्य काँग्रेसका नेता गोपाल कार्कीले गरेका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा