बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ : पूर्व मन्त्री बलायर
डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिएका छन् । १४ औं महाधिवेशका लागि शिखर –८ मा निर्विरोध चयन भएको वडा अधिवेशनमा बोल्दै लोकतान्त्रिक विधि–प्रक्रिया सर्वसम्मत र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयनका लागि उनले शुभकामना दिएका हुन् ।बलायरले भने,’ १४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा सबै हामी होमिएको छौ । बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरे । ’
उनले थपे, ‘सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’अधिवेशनमा सहभागी हुँदा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबैमा बलायरले अनुरोध गरे ।
पूर्व मन्त्री बलायरको वडामा निर्विरोध चयन
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा डोटी शिखर नगरपालिका वडा नं ८ मा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन् । लाल बहादुर महाराको नेतृत्वमा कार्यसमिति चयन भएको छ । कार्यसमिति उपाध्यक्षमा केशवराज भट्ट र लक्ष्मी साउद नेपाली, सचिवमा दिपक बोगटी र जानकी ताम्राकार, सह सचिवमा लोक बहादुर रावत र कृष्णा साउद बलायर निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा धौली देवी रावल, महादेव बलायर लगायतका निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी क्षेत्रीय प्रतिनिधिमा गिरि बलायर, सिद्धबहादुर बलायर, अर्जुन कुमार बलायर, धौली देवी रावल, हर्कबहादुर बलायर, कमला बलायर , इन्द्रा दमाई लगायत निर्विरोध चयन भएका छन् । वडा नं ८ केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरको वडा हो ।