राजनीति
September 12, 9:24
नेकपा (एमाले)को विधान महाधिवेशन सरेको छ ।
स्थायी समितिको शनिबारको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने प्रस्ताव गरेको छ ।
अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
September 11, 2:51
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा विवादका बीच अधिवेशन अगाडि बढेको छ । भदौ २५ गते जिल्ला सभापतिको वहिस्कारका बीच काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादका रोकिएको थियो । २१ गते विवाद निरूपण गरी केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची जिल्ला पठाए पनि जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त सूची अस्वीकार… विस्तृतमा
September 11, 9:49
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।
बैठकमा विधान… विस्तृतमा
September 10, 4:24
सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ। कांग्रेस पदाधिकारी बैठकले गाउँ-नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको छ।
पदाधिकारीको शुक्रबार बसेको बैठकले गाउँ-नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन… विस्तृतमा
September 10, 3:01
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् । उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।
देशभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा जुटेका हुन् । तर, उनी कुनै गुटमा भने नलाग्ने भएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह… विस्तृतमा
September 10, 1:49
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिका बीच गाउँपालिका÷नगरपालिका वडा अधिवेशन सुरु भएपछि देउवाइतर समूहले आपत्ति जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताविना वडा अधिवेशन सुरु भएपछि आपत्ति जनाएका हुन्।
उनले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन… विस्तृतमा
September 09, 11:38
धनगढी / माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी ) ले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाहलाई चयन गरिएको छ। सो पार्टीले यसअघि छ प्रदेशको इन्चार्ज तोकिसकेको थियो ।
संविधान सभाको सदस्य रहिसकेकी शाहसंग एमाले हुँदा दुई पटक केन्द्रीय सदस्य र सेती अञ्चल कमिटीमो सहइन्चार्ज भइसकेको अनुभव छ । शाहले ०६४ र ०७४ दुई पटक कैलाली १ बाट चुनाव समेत लडिसकेकी छन् ।
यसअघि प्रदेश १ मा घनेन्द्र बस्नेत,… विस्तृतमा
September 08, 6:27
काठमाडौं – सरकारले प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।
नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।
एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक… विस्तृतमा
September 08, 6:24
काठमाडौं । नेपालको इतिहासमा संघीय संसद्को प्रतिनिधि सभाका सभामुखका कारण पहिलो पटक बैठक रोकिएको छ । हत्या अभियोगमा मुद्दा खेपिरहनुभएका सभामुख अग्निप्रसाद सापकोटालाई संसद्ले सहँदै आएको थियो । तर, पछिल्ला दिनमा अग्निप्रसादले निर्वाह गर्नुभएको डरलाग्दो राजनीतिक अपराधीको भूमिकालाई भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले नसहने भएको छ ।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा गैरसांसद्लाई उपस्थित गराएको भन्दै… विस्तृतमा
September 08, 9:16
धनगढी, २३ भदौ । कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले पनि नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन्। सनाखत गर्ने आज अन्तिम दिन थप १३ जनाले एमाले छाडेपछि एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ६५ पुगेको हो।
निर्वाचन कार्यालय कैलालीमा शशरिर उपस्थित भएर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। निर्वाचन कार्यालयका अनुसार गोदावरी नगरपालिकाका उपमेयर… विस्तृतमा
September 07, 5:20
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले… विस्तृतमा
September 07, 4:38
धनगढी । नेकपा एमालेमै रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले आजै राजीनामा दिने तयारी गरेका हुन् ।
एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल समूहमा थिए ।राजीनामा दिने अन्तिम तयारी भइरहेको राज्यमन्त्री… विस्तृतमा
September 07, 4:11
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट थप एक वडाअध्यक्षले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन ।
एमालेबाट निर्वाचित वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले मंगलबार प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर एकीकृत सामाजवादीको पक्षमा सनाखत गरेका हुन । उनीसंगै वडा नम्बर १ की वडा सदस्य लाली देवी बिकले पनि एकीकृत समाजवादीमा सनाखत गरेकी छिन । यस्तै सोमबार वडा नम्बर ३ की वडा सदस्य कलावती बादी र वडा नम्बर… विस्तृतमा
September 07, 4:01
धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट निर्वाचित सात समानुपातिक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सुदूरपश्चिम प्रदेशमा सभामुखसहित एमालेका २५ सांसद थिए । तीमध्ये ८ जना समानुपातिक सांसद हुन् ।
पहिलो चरणमा मंगलबार १० जना सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका थिए । तीमध्ये आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक… विस्तृतमा
September 07, 2:31
डडेल्धुरा -
नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा काँग्रेसको सदस्यता विवाद चुलिँदै गएको छ । डडेल्धुरामा क्रियाशील सदस्यतामा भएको विवादका कारण वडा अधिवेशन सुरु भएको छैन । आइतबार मात्रै नेपाली काँग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा डडेलधुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको थियो ।
सोही नामावलीको विवाद चुलिएपछि डडेलधुरा काँग्रेसमा… विस्तृतमा