राजनीति
September 17, 12:57
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। उद्घाटनसँगै समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले आज बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् ।
मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको छ । घरमा १५ वटा कोठाहरु छन् । पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा… विस्तृतमा
September 16, 7:56
३१ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई कसैले चौकीदार भन्दा खुशी लाग्ने बताएका छन् । विगतमा भारतमा चौकीदार गरेकाले आफूहरुलाई अझै कतिपयले चौकीदार भन्ने गरेको भन्दै उनले भने ‘केही सम्भ्रान्तहरु मलाई भारतको चौकीदार भनेर सम्बाेधन गर्छन्, मलाई त्यसो भन्दा कुनै आपत्ति छैन, बरु खुशी लाग्छ ।’
उनले भारत गएर नोकरी गर्नु आफ्नो रहर नभएर बाध्यता भएको बताए । माओवादीको सिद्धान्त… विस्तृतमा
September 16, 2:10
डोटी,३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् ।गृह जिल्ला अछाम जाने क्रममा बुधबार डोटीमा रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए ।
उनले भने, “म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको… विस्तृतमा
September 15, 12:40
धनगढी, ३० भदौ । परिवर्तित राजनैतिक अवस्था र सुदूर पश्चिममा पाँच दलीय गठनबन्धनलाई मजबुत बनाउने सम्बन्धमा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावल र मुख्यमन्त्री त्रिलोचन भट्टबीच मंगलवार छलफल भएको छ ।
सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने चर्चा भईरहेका बेला सत्तारुढ दलहरुले काँग्रेसलाई बाहिरै राखेर अघि बढ्ने संकेत पाएपछि मुख्यमन्त्री भट्टको धारणा बुझ्न नेपाली काँग्रेस संसदीय… विस्तृतमा
September 15, 10:11
बैतडी –नेपाली कांग्रेसको महाधिवेशन नजिक आएका बेला अहिले देशैभर महाधिवेशनको चटारो चलिरहेको छ । वडा अधिवेशन सम्पन्न भएको बैतडीमा पालिका अधिवेशनका लागि नेताहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाको सभापति भुवनराज भट्ट र गजेन्द्रसिंह रावलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष समेत रहेका भुवनराज भट्ट प्यानल सहित चुनावी मैदानमा उत्रेका… विस्तृतमा
September 15, 9:44
बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका–८ बाउलीका पाँच परिवार नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार टोल भेटघाट कार्यक्रम तथा पाटीको १४ औं महाधिवेश तथा सातौ जिल्ला अधिवेशनका तयारीका विषयमा छलफलमा एमालेका सक्रिय कार्यकर्ता परिरत्याग गरी काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य तथा बडीमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले जानकारी… विस्तृतमा
September 15, 9:35
राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा केशवनाथ योगी चयन गरिएको छ । मङ्गलवार दिपायलमा सम्पन्न भेलाबाट योगीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद भट्टराई, सचिवमा हेम विक्रम चन्द, कोषाध्यक्षमा रमेश नागरी, सहसचिव शिवराज भट्ट रहने गरी आज कमिटी गठन भएको सचिव हेम विक्रम चन्दले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चा पार्टीको डोटीमा पनि समानान्तर कमिटी गठन भएको छ । भदौ ८ र ९… विस्तृतमा
September 15, 8:48
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले इन्चार्ज कसलाई मान्ने भन्नेमा कार्यकर्तामा पनि अन्योलता देखिएको छ ।
अध्यक्ष केपी ओलीले रावल र भट्टसहित केही नेताहरूलाई आफ्नो निवासमा बोलाएर प्रदेश इन्चार्ज भट्ट नै भएको भनेका खबरहरू दुई… विस्तृतमा
September 14, 9:35
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठनमा ढिलाइ भइरहेको भन्दै सरकारमा सहभागी दलहरुसँग छिटो सहमति गरेर नाम टुंग्याउन आग्रह गरिरहेका छन् । अहिलेसम्म पनि दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन ढिलाइ भइरहेको खबर सार्वजनिक भएका छन् ।
यता भर्खरै एमालेबाट विद्रोह गरेर अलग्गिएको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा जानेको नामको टुंगो लागिसकेको जनाएको छ ।… विस्तृतमा
September 13, 10:46
धनगढी / नेपाली कांग्रेस डडेलधुराको वडा अधिवेशनबाट आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि भएकी छन् ।
यसपटक क्रियाशिल सदस्य बनेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजुका एकमात्र सन्तान जयवीर देउवा भने प्रतिनिधि बनेनन् ।
आरजु भने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी छन्। आरजु ०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनाव भने कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी थिइन… विस्तृतमा
September 13, 10:12
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले विभाजन भए नयाँ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सांसदहरुलाई कारवाही नगर्न आदेश दिएको छ ।
एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका थिए ।
न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ सम्म दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी… विस्तृतमा
September 13, 9:03
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्।
आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन्। प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा… विस्तृतमा
September 12, 5:54
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको भनिदिएपछि पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन्। यसबारे छलफल गर्न उनले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन्।
सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए। बैठकमा ओलीले रावललाई सुदूरपश्चिम इन्चार्ज भट्ट नै… विस्तृतमा
September 12, 1:39
धनगढी,२७ भदौ ।
सत्ता गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार थप धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।… विस्तृतमा
September 12, 11:25
- नेकपा एमालेका नेता डा. भीम रावल र लेखराज भट्ट बीच टकराव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश पार्टी संयोजकमा दुबै जनाले दावी गरेपछि टकराव सुरु भएको हो ।
पार्टी स्थायी कमिटी सदस्य रावल र भट्ट दुबैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएका छन् । समस्या समाधानका लागि दुबैजना नेता कर्ण थापासँगै आन्तरिक छलफलमा बसेका थिए । दुबै जनाले अडान नछोडे पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बसेर संयोजक को… विस्तृतमा