नेकपा एमालेमा रावल र भट्टको टकराव : सुदूरपश्चिम संयोजकमा दुबैको दावी

news doti
news doti
September 12, 11:25

नेकपा एमालेका नेता डा. भीम रावल र लेखराज भट्ट बीच टकराव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश पार्टी संयोजकमा दुबै जनाले दावी गरेपछि टकराव सुरु भएको हो ।

पार्टी स्थायी कमिटी सदस्य रावल र भट्ट दुबैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएका छन् । समस्या समाधानका लागि दुबैजना नेता कर्ण थापासँगै आन्तरिक छलफलमा बसेका थिए । दुबै जनाले अडान नछोडे पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बसेर संयोजक को बन्ने भन्ने बारे टुंगो लगाउने प्रयास भैरहेको एमाले स्रोतले जनाएको छ ।

संयोजक को बन्ने भन्नेमा विवाद उत्पन्न भएपछि नेकपा एमालेमा एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमति कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । रावलले यसबारे बैठक बसेपछि मात्रै बोल्ने जनाएका छन् । भट्टले संयोजकलाई लिएर रावल र आफूबीच विवाद भएको स्पष्ट संकेत गरे ।
ओली सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भट्टले नेकपामा विवाद चुलिएका बेला आफ्नो पूर्वपार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूह त्यागी ओलीकै पक्षमा उभिएका थिए । उनले प्रदेश संयोजक नपाए त्यसको प्रतिवाद गर्ने जनाएका छन् ।

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनको जिम्मेवारीमा नेता रावल र भट्ट दुवै छन् । १०बुँदे सहमतिका आधारमा भट्टले आफू इन्चार्ज हुनुपर्ने अडान लिएको बुझिन्छ । तर, रावलले भने पार्टीलाई २ जेठमै फर्काउनुपर्छ भन्ने अडान लिएका छन् । नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व रावल एमालेका तर्फबाट सुदूरपश्चिम संयोजक थिए ।

रावल र भट्ट दुवैले सुदूरपश्चिम प्रदेश संयोजक हुनुपर्ने अडान नत्यागेपछि त्यसलाई सल्टाउने जिम्मेवारी अध्यक्ष ओलीको एकल काँधमा परेको छ । यस्तो अवस्थामा ओलीले प्रदेश संयोजकमा रावल या भट्ट कसलाई रोज्लान्? तीव्र अड्कलबाजीको विषय बनेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा