राजनीति
October 03, 1:19
डोटी- नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वायलमा ७ वटा प्रस्ताव माथि निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
पार्टीलाई चलायमान, बलियो र निष्ठावान बनाउन आचारसंहिता सहितका ७ वटा प्रस्ताव माथि निर्णय गरिएको सभापति अर्जुन बलायरले बताए । उनका अनुसार बैठकबाट पार्टीको आचारसंहिता निर्माण गरि लागु गर्ने, प्रत्यक महिना लेवी संकलन गर्ने, पार्टीको कार्यालय… विस्तृतमा
October 01, 3:23
काठमाडौँ — पार्टीका महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुँदा पार्टीका नीति, सिद्धान्त र विचारमा पर्याप्त छलफल हुन नपाएको भन्दै नेकपा एमालेले प्रथम विधान अधिवेशन आयोजना गरेको छ । तर, पार्टीको विधानमाथि छलफल गर्न आयोजित महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधिहरु बोलाइएका छन् ।
जबकि ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्र्रिय सम्मेलन केन्द्रमा भइरहेको महाधिवेशनका दृश्य हेर्दा… विस्तृतमा
September 29, 2:52
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । विधेयक पारित भएसँगै प्रदेशमा पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै पशु स्वास्थ्य, पशु कल्याणलगायतमा देखिएको नीतिगत समस्या… विस्तृतमा
September 29, 2:39
धनगढी — सुदूरपश्चिम प्रदेशमा कैलालीबाहेकका आठ जिल्लामा कांग्रेसको पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन भएका डडेलधुराबाहेकमा ठूलो विवाद पनि छैन ।पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति कर्णबहादुर मल्लले भने जिल्लाको वडास्तरीय निर्वाचन तथा अधिवेशनलाई बहिष्कार गरेका छन् । जिल्लाको विवाद केन्द्रसम्म पुगेको छ । बहिष्कार गर्ने जिल्लास्तरका नेता–कार्यकर्ता पार्टी कार्यालय… विस्तृतमा
September 27, 7:35
काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए ।आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन्… विस्तृतमा
September 25, 11:24
काठमाडौं, ९ असोज । नेपाली कांग्रेसले आज पालिका अधिवेशन गर्ने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार आजै ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो ।
२१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।
संस्थापन इतर पक्षले भने विवादित १३… विस्तृतमा
September 25, 10:54
काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।
हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो ।
आजको बैठकमा १० वटा समूहले आ–आफ्नो… विस्तृतमा
September 24, 8:09
महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका लागि दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । अच्यूत राज कलौनी र आशिष खत्री प्यानल सहित नगर सभापतिका उम्मेद्वार हुन् ।
दुई सात अधि अधिवेशनको कार्यातालिका सरे पश्चात भीमदत्तको समिकरणमा निकै फेरबदल आउने आकलन गरिएको छ । नगर सभापतिका… विस्तृतमा
September 24, 2:35
बाजुरा जिल्लाको जगनाथ गाउँपालिकामा नेकपा एमाले परित्याग गरि १०० घरपरिवारले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा बाजुरा जिल्लामा अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लागेको स्थानीय नेताहरू बताउने गरेका छन्।
केही समय अगाडी मात्र हिमाली गाउँपालिकामा एमालेका प्रवाशाली नेताले काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । त्यस्तै जगनाथ… विस्तृतमा
September 24, 11:14
काठमाडौं, ८ भदौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी मुख्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा… विस्तृतमा
September 23, 2:11
धनगढीः नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले मगर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने चर्चा चलेको छ। उच्च स्रोतका अनुसार आले मगर पर्यटनमन्त्री बन्ने भएका हुन्।
केपी ओली सरकारमा वनमन्त्री भएका मगर एमाले विभाजनसँगै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजावादीमा लागेका थिए। एकीकृत समाजवादीभित्र मगरले पर्यटनमन्त्री बन्ने चाहना राखेको स्रोतले बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा… विस्तृतमा
September 23, 12:09
काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ । चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ ।
हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको हो । प्रकाशित कार्यतालिका अनुसार… विस्तृतमा
September 22, 9:36
काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुनेछ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गर्नुभएको छ । तर कांग्रेसकै… विस्तृतमा
September 22, 9:23
काठमाण्डौ, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि प्रस्ताव गरेका… विस्तृतमा
September 17, 7:42
धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् । शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा… विस्तृतमा