कांग्रेस नगर अधिवेशनः भीमदत्तमा कस्ले मार्ला बाजी ? यस्तो छ, समिकरण !
महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गगत भोली (शनिवार) नगर/गाँउ अधिवेशन हुन गइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नगर सभापति लयागतको कार्य समितिका लागि दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । अच्यूत राज कलौनी र आशिष खत्री प्यानल सहित नगर सभापतिका उम्मेद्वार हुन् ।
दुई सात अधि अधिवेशनको कार्यातालिका सरे पश्चात भीमदत्तको समिकरणमा निकै फेरबदल आउने आकलन गरिएको छ । नगर सभापतिका उम्मेद्वार कलौनी र खत्री बिच रोचक मतान्तर रहने आकलन गरिए पनि पछिल्लो समय भने झिनो मतान्तारले भीमदत्तमा नगर सभापति निर्वाचित हुँने अवस्था रहेको समिकरण बुझेका नेताहरुको तर्क छ ।
विहीबार बेलुकासम्म दुवै पक्षलाई राखेर सहमतिको अन्तिम प्रयास गरिएको थियो । तर दुवैले सभापति नछोडने अडान कायम राखेपछि प्रतिष्पर्धामा हुन लागेको हो ।
‘सहमतिको लागि धेरै पहल गरियो, दुवैले आफ्नो अडान छोडेनन्’ पार्टीका एक नेताले भने ‘अब जो भए पनि चुनावी प्रकृयाबाट आउछन् । यस अघि १३ औं महाधिवेशनमा पनि भीमदत्त नगर समिति प्रतिस्पर्धाबाटै चुनिएको थियो ।
कञ्चनपुर काग्रेसमा स्पष्ट दुई प्यानल छ । पार्टी अध्यक्ष शेर बहादुर देउवाका दुई खम्बा एनपि साउद र रमेश लेखकको छुट्टा छुट्टै प्यानल खडा गरेका छन् । प्यानलकै कारण भीमदत्त नगर समिति चयनमा सहमति हुन नसकेको हो ।
फेरी जिल्लाकै ठूलो नगर समिति र यहाँबाट जिल्ला समेत चलाउन सकिने भएकोले भीमदत्तमा आफ्नो पकड बलियो बनाउन साउद र लेखक लागेका हुन । दुवै नेता पार्टी भित्र प्रभावशाली छन् ।
अच्यूत कलौनी रमेश लेखक प्यानलबाट उभिएका छन् । उनले आफ्नो टिम नै खडा गरेका छन् । खत्री हाल एनपि साँउद प्यानलका उम्मेदवार हुन । विगतमा कोईराला प्यानलका खत्रीलाई नेता साँउदले आफ्नो प्यानलमा राखेर सघाएका छन् । त्यस्तै खत्री प्यानलको उपसभापतिमा राजेन्द्र बहादुर चन्द, शुसिल कुमार साउद, सचिवमा गगन सिंह धामी, पुष्कर नाथ जोशी , सह–सचिवमा दिपकराज बिष्ट, हिरादेवि दमाई प्रतिष्पर्धा गर्दैछन ।
कलौनी प्यानलबाट उप–सभापतिमा सुशिल भट्ट,दिपेन्द्र बिष्ट, सचिवमा राहुल भट्ट, नितु भण्डारी भट्ट र सह–सचिवमा केशव पाण्डेय, नन्दराज पन्त चुनाव लडदै छन् ।
कांग्रेस भीमदत्तनगर सभापतिका दावेदार खत्री र कलौनी दुवै बिद्यार्थी राजनितिबाट आएका हुन । फरक समयमा भएपनि दुवैले शिद्दनाथ बिज्ञान क्याम्पसमा नेपाल बिद्यार्थी संघबाट राजनितिक यात्रा शुरु गरेका युवा हुन ।
दुई दशकदेखि नेवि संघको राजनीतिमा होमिएका आशिष खत्री काँग्रेसको विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर काम गरिसकेका छन् । वि।स। २०३४ सालमा जन्मीएका २०५० सालमा नेविसंघबाट राजनितिको सुरुवात गरेका हुन ।
सुदुरपश्चिमकै अग्रणी सिद्धनाथ बिज्ञान क्याम्पसको ईकाई कमिटी सह– सचिव बने । भारतको मेरठमा पढाईको सिलसिला पुगेको बेला उनले अखिल भारतिय नेपाली बिद्यार्थी परिषदको सदस्य भएर काम गरे । २०५८ सालमा नेबि संघको कञ्चनपुर जिल्ला सदस्य बनेका खत्री सहसचिव, सचिव भई उपाध्यक्ष सम्मको अनुभव संगालेका छन् ।
२०६२र६३ को जनआन्दोलनमा पनि नेतृत्वदायी भुमिका निर्वाह पक्राउ परेका थिए । उनि ४५ दिन कञ्चनपुर कारागार समेत बसे । त्यस्तै शिद्दनाथ साइन्स क्याम्पसमा तीन कार्याकाल इकाई समिति अध्यक्ष रहेका कलौनी स्ववियू सभापति पदका प्रत्यासी पनि हुन ।
१३ औं महाधिवेशनमा भीमदत्त नगर समितिको सभापतिमा थोरै मतले पराजित भएका थिए उनि । २०७० सालमा नेविसंघको कञ्चनपुर अध्यक्ष समेत भएका कलौनी २०७२ मा नेविसंघको केन्द्रिय महा–मन्त्री भएका थिए । उनले बिज्ञान क्याम्पसबाट बिएस्सी गरेका छन् ।
असोज ९ गते सनिवार दिउँसो १ बजे पार्टी कार्यालयमा मतदान हुदैछ । भीमदत्तनगरका १९ वडाबाट चुनेर आएका ३८३ क्षेत्रीय प्रतिनिधीहरुले नगर समितिको सभापतिका लागि मतदान गर्नेछन् ।