बाजुराको जगनाथ गाउँपालिकामा एमाले परित्याग गरि १०० घरपरिवारले गरे काँग्रेसमा प्रवेश

news
news
September 24, 2:35

बाजुरा जिल्लाको जगनाथ गाउँपालिकामा नेकपा एमाले परित्याग गरि १०० घरपरिवारले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।  नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा बाजुरा जिल्लामा अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लागेको स्थानीय नेताहरू बताउने गरेका छन्। 

केही समय अगाडी मात्र हिमाली गाउँपालिकामा एमालेका प्रवाशाली नेताले काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । त्यस्तै जगनाथ गाउँपालिकाका नेकपा एमालेमा ३१ बर्षदेखि काम गर्दै आएका एमालेका जिल्ला कमिटि सदस्य जङ्ग बिष्ट,जगनाथ ठाकुरदेवका पुजारीलगायतले काँग्रेसमा पार्टी प्रवेश गरेका छन्।  अन्य पार्टीका नेता कार्यकताहरूको काँग्रेस प्रति विश्वास बढ्दै गएको काँग्रेसका स्थानीय नेताहरूले बताउने गरेका छन्।   नेपाली काँग्रेस जगन्नाथ गाउपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, महासमिति सदस्य जनक राज गिरि,पदम बहादुर शाहि,महाअधिबेशन प्रतिनिधि च्रक शाह,उपसभापति एबंम हिमालि गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ललगायतका नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा