पर्यटनमन्त्रीमा प्रेम आलेको चर्चा

news dhn
news dhn
September 23, 2:11

धनगढीः नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले मगर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने चर्चा चलेको छ। उच्च स्रोतका अनुसार आले मगर पर्यटनमन्त्री बन्ने भएका हुन्। 

केपी ओली सरकारमा वनमन्त्री भएका मगर एमाले विभाजनसँगै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजावादीमा लागेका थिए। एकीकृत समाजवादीभित्र मगरले पर्यटनमन्त्री बन्ने चाहना राखेको स्रोतले बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पाँचवटा मन्त्रालय पाउने निश्चित भइसकेको छ। 

बुधबार भएको सर्वदलीय बैठकमा मन्त्रालयको भागबण्डा टुंगो लगाउँदै एकीकृत समाजवादी​लाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो। भोलिसम्म मन्त्रीपरिषद् विस्तार हुने बताईएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा