एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

news doti
news doti
September 24, 11:14

काठमाडौं, ८ भदौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी मुख्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने तामाङले बताउनुभयो ।

एमाले केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने बताइएको छ । एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा