एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

news
news
September 25, 10:54

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो ।

आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् । केही विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष केपी शर्मा ओलीको जवाफसहित प्रस्तावहरु पारित गरेपछि बैठक आजै समापन हुनसक्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा