काँग्रेसको पालिकाबाहेकका सबै अधिवेशन दशैं पछि हुने

news
news
September 23, 12:09

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ । चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ ।

हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको हो । प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गरिसक्ने योजना थियो ।

तर केही जिल्लामा क्रियाशिल सदस्यता विवदा मिलाउन हम्मे परेपछि अन्य तहको अधिवेशन पनि प्रभावित बन्ने भएका हुन् । हिजोको बैठकमा असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्दै अन्य कार्यतालिका दशैं पछि सार्ने निर्णय भएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा