कैलालीमा क्रियाशील सदस्यताबारे विवाद

news
news
September 29, 2:39

धनगढी — सुदूरपश्चिम प्रदेशमा कैलालीबाहेकका आठ जिल्लामा कांग्रेसको पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन भएका डडेलधुराबाहेकमा ठूलो विवाद पनि छैन ।पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति कर्णबहादुर मल्लले भने जिल्लाको वडास्तरीय निर्वाचन तथा अधिवेशनलाई बहिष्कार गरेका छन् । जिल्लाको विवाद केन्द्रसम्म पुगेको छ । बहिष्कार गर्ने जिल्लास्तरका नेता–कार्यकर्ता पार्टी कार्यालय डडेलधुरामा धर्नामा बसेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये सबैभन्दा बढी महाधिवेशन प्रतिनिधि छनोट हुने ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा भने अझै क्रियाशील सदस्यताको विवाद टुंगो लाग्न सकेको छैन । विवादले मतदाता नामावली आउन नसकेर वडास्तरीय निर्वाचन हुन नसकेको जिल्ला कार्यसमितिका उपसभापति प्रकाश बमले बताए । जिल्लाको अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेर सदस्यता थप्ने काम भएकाले विवाद आएको उनको भनाइ छ ।

कैलालीमा सदस्यता विवाद पार्टी सभापति शेरबहादुर देउवा समूहकै बीचमा लम्बिएको संस्थापन इतरका नेताको भनाइ छ । कांग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु) समूहले जिल्लामा आफू बलियो बन्ने गरी सदस्यता बाँडेका कारण विवाद आएको संस्थापनइतर नेताहरू बताउँछन् । कैलाली क्षेत्र नम्बर १ मा क्षेत्रीय समितिले सिफारिस नगरेकालाई जिल्लाले सिफारिस गरी पठाएकाले विवाद भएको क्षेत्रीय सभापति भुवन अधिकारीले बताए । उपसभापति बमले वडा र नगर समितिले सिफारिस गरेकालाई क्षेत्रीय समितिले छुटाएका कारण जिल्लाले थपेर केन्द्रमा सिफारिस गरेको बताए ।

जिल्ला सभापति शाह समूहले आफ्नो सिफारिसबिना केन्द्रबाट थपिन लागेका सदस्यतालाई नस्विकार्ने अडानले जिल्लाको सदस्यता विवाद टुंगिन नसकेको हो । निर्वाचन क्षेत्र ४ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनील थापासँगै कांग्रेस प्रवेश गरेका करिब २ सय कार्यकर्ताको नाम केन्द्रबाट थपिएकाले जिल्ला सभापति शाहले विरोध जनाएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा