सरकारमा सहभागी दलले टुंग्याए मन्त्री, देउवाको हातमा यो लिस्ट

news
news
September 14, 9:35

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठनमा ढिलाइ भइरहेको भन्दै सरकारमा सहभागी दलहरुसँग छिटो सहमति गरेर नाम टुंग्याउन आग्रह गरिरहेका छन् । अहिलेसम्म पनि दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन ढिलाइ भइरहेको खबर सार्वजनिक भएका छन् ।

यता भर्खरै एमालेबाट विद्रोह गरेर अलग्गिएको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा जानेको नामको टुंगो लागिसकेको जनाएको छ । नेकपा एसबाट ६ जना मन्त्री बन्ने भएका छन् । एसले भौतिक पूर्वाधार तथा यातायात, पर्यटनलगायतका मन्त्रालयको दाबी गरिरहेको छ ।

यता, माओवादी केन्द्रले पनि आफ्नो पार्टीबाट सरकारमा जानेको नाम टुंगिसकेको जनाएको छ । नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेलको नेतृत्वमा सरकारमा जाने मोटामोटी सहमति जुटिसकेको स्रोत बताउँछ । माओवादी केन्द्रले पनि बलिया मन्त्रालयको दाबी गरिरहेको छ ।

यता, बारम्बार उपप्रधानमन्त्री बन्नुपर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नै नेतृत्वमा सरकारमा जाने सहमति पार्टीमा भइसकेको दाबी गरेका छन् । सरकारमा बारम्बार गइराख्ने उपेन्द्रका लागि यो समय पनि सहज रहेको छ ।

प्रधानमन्त्री देउवाले सबै दलसँग मन्त्रीको नाम मागेपछि बालुवाटारसम्म ती नाम पुग्न सकेका छैनन् । गठबन्धनको सरकार भएकोले पनि मन्त्रीका आकांक्षी धेरै भएपछि नाम टुंग्याउन गाह्रो भइरहेको स्रोत बताउँछ । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले ल्याएको अध्यादेश निष्कृय पारेर मात्रै मन्त्रिपरिषद् निर्माण गर्ने छनक देखाएका छन् ।

लामो समयदेखि मन्त्रिपरिषद् बिस्तार नहुँदा देश अनिर्णयको भूमरीमा परिरहेको छ । प्रधानमन्त्री देउवाले सबै दलसँग मन्त्रीको नाम मागेपछि बालुवाटारसम्म ती नाम पुग्न सकेका छैनन् । गठबन्धनको सरकार भएकोले पनि मन्त्रीका आकांक्षी धेरै भएपछि नाम टुंग्याउन गाह्रो भइरहेको स्रोत बताउँछ । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले ल्याएको अध्यादेश निष्कृय पारेर मात्रै मन्त्रिपरिषद् निर्माण गर्ने छनक देखाएका छन् ।

लामो समयदेखि मन्त्रिपरिषद् बिस्तार नहुँदा देश अनिर्णयको भूमरीमा परिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा