एमाले छाडेर नेकपा (एस)मा जान चाहने सांसदहरुलाई कारवाही नगर्न सर्वाेच्चको आदेश

news
news
September 13, 10:12

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले विभाजन भए नयाँ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सांसदहरुलाई कारवाही नगर्न आदेश दिएको छ ।

एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका थिए ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ सम्म दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी गरेको हो ।

२९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको जनाइएको छ ।

सरकारले राजनीतिक दल विभाजन गर्न आवश्यक पर्ने सांसद् वा केन्द्रीय सदस्यको संख्या घटाएर अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एस) बनेको छ । सुरुमा निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी निवेदन दिन छुटेका पाण्डे र भट्टले सनाखत गर्ने समयमा आयोग पुगेर आफूहरूले पनि नयाँ पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गरेका थिए । तर, निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका हुन् ।

आइतबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेकी छन् । दुवै सांसद्हरूले आफूहरूमाथि कुनै कारबाही गर्न नमिल्ने आदेश दिनसमेत माग गरेका थिए । न्यायाधीश खड्काले भदौ २९ गतेसम्मलाई उनीहरूमाथि कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएकी छन् र उक्त दिन दुवै पक्षलाई छलफलमा डाकेकी छन् ।

सर्वोच्च अदालतले २९ गतेको सुनुवाइबाट अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ । त्यसपछि लिखित जवाफ परेपछि सुनुवाइ गरेर हाल एमाले सांसद् रहेका पाण्डे र भट्ट एमालेमै रहनसक्ने वा नयाँ पार्टीमा आबद्ध हुन सक्नेछन् भन्ने आदेश दिनेछ ।

एकीकृत समाजवादीप्रति बढ्यो आकर्षण, एमाले त्यागेर ७ सय बढीले गरे पार्टी प्रवेश !

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका ७ सोनपुरमा शनिबार एमाले परित्याग गरि करिब ७ सय जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छ्न ।

पुर्ब प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधब कुमार नेपालको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका ७ का नेकपा एमाले पार्टीका नेता ७ सय बढि नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी का कर्णाली प्रदेश सभा सदस्य एवं भौतिक योजना मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार जिल्ला अध्यक्ष अशोक कोइराला नेताहरू अब्दुल हुसैन खाँ होमनाथ सापकोटा कर्ण बहादुर खत्री लाल बहादुर खत्री कप्तान पाठक गोपाल सुनार माईलाल सुनार हजुरा बम लगाएतका नेता कार्यकर्ता भेला एवं पार्टी प्रबेश कार्यक्रममा उपस्थित भएका थिए।

मन्त्री थापाले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गर्ने सबै नव आगन्तुक नेता कार्यकर्तालाई नेतृत्वले जनभावना अनुसार काम गर्ने बताएका हुन् ।

केन्द्रिय सदस्य सुनारले खजुरामा टर्च बाकेर खोज्नुपर्ने हावादारी कुरा गर्ने एमालेका नेता कार्यकर्तालाई तपाईं तथ्यहिन राजनीति गर्न छोडनु अब बैचारिक लडाइँ लड्नका साथै संघीय सान्सद नन्दलालको गाउँमा कार्यकर्ता भेलालाई तिजको दर सङ्या दिने तपाईं आज यहाँ सोनपुरमा आएर हेर्न समेत भने भने आफुहरु सधैं जनताको पक्षमा जनताको हितमा काम गर्ने खुल्ला मन्च बाट प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रमुख अतिथी माधब कुमार नेपालले हिन्दी भासण गर्दै भने “रस्सी जलकर राख हो गई मगर ऐठन नहिं गई”भनेर केपि ओलितिर ईसारा गर्दै अन्तमा एक्लो भएर खम्बा ढल्ने बताउनुका साथै स्थानीय तह प्रदेश प्रमुख देखि प्रदेश सरकार संघीय सरकारमा पार्टीका तर्फबाट मन्त्री बन्ने भएकाले नागरिकहरुका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

शनिबार नै बाँके जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टी नेपालको जिल्ला पार्टी कार्यालय स्थापना अध्यक्ष माधव कुमार नेपाल र पार्टी जिल्ला अध्यक्ष अशोक कोइराला कर्णाली प्रदेश का भौतिक पुर्बाधार मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार लगाएतका नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा नेपालगन्ज टाँङ्गा स्टेशन नजिक धर्मशालाको हलमा जिल्ला पार्टी कार्यालय स्थापना गरिएको जिल्ला नेता अब्दुल हुसैन खाँ ले जानकारी दिए।

यो पनिः रावलले प्रदेश इन्चार्ज माग्दा ओलीले मानेनन्, रावलले भने- ‘मलाई अन्याय भयो’- काठमाडौं । नेकपा एमालेमा जेठ २ मा जाने सहमति पालना नहुने भएपछि तेस्रो धार भनिएका नेताहरु अपठ्यारोमा परेका छन् ।

पहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका पार्टी उपाध्यक्ष भीम रावलले आफूलाई जेठ २ कै अधिकार दिन अध्यक्ष केपी शर्मा ओलीसँग गरेको आग्रह ओलीले अस्वीकार गरेका छन् ।

एमाले सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने अन्योलकैबीच आइतबार बिहान बालकोटमा शीर्ष नेताहरुसँगको छलफलमा ओलीले सुदूरपश्चिम इन्चार्ज परिवर्तन नहुने प्रष्ट पारेका हुन्। ओलीले माओवादी छोडेर आएका नेता लेखराज भट्टलाई इन्चार्जको जिम्मा दिएका छन् । तर एमालेमै फर्किएपछि रावलले आफूले सोही पद पाउनुपर्ने भनेका थिए ।

२०७५ जेठ २ मा फर्कने १० बुँदे सहमति अनुसार उपाध्यक्ष भीम रावल सुदूरपश्चिमको प्रदेश संयोजक हुनुपर्ने थियो। तर, ओलीले अहिलेको नेकपा एमाले जेठ २, जेठ ३ देखि पुस ५ र पुस ७ पछि बनेका सबै संरचनाबाट निर्माण भएको भन्दै ओलीले भट्टले नै अहिले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने प्रष्ट पारेका हुन्।

‘पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ। अहिलेको कार्यविभाजनमा भीम रावल उपाध्यक्ष हुनुहुन्छ। सहजीकरण गर्ने कार्यदल बनेको छ। त्यसको सहजीकरण गरिरहनुभएको छ,’ छलफलमा सहभागी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले भने, ‘सबै नेताहरुलाई राखेर अध्यक्षले प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुने र उपाध्यक्ष रावल सहजीकरणको जिम्मेवारीमा रहने भन्नुभयो।’

केहीदिन अघि एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले दश बुँदे सहमतिलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सुदूरपश्चिमको इन्चार्जमा रावल र भट्टले आ–आफ्नो दाबी गरेपछि आइतबार बालकोटमा शीर्ष नेताहरु राखेर ओलीले छलफल गरेका हुन्। शनिबार बसेको स्थायी कमिटीको बैठकमा यस विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन।

ओलीले उक्त जवाफ दिएपछि उपाध्यक्ष रावलले आफूमाथि अन्याय भएको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ । ’

नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ। सर्वोच्च अदालतले फागुन २३ मा ब्यूँताएको एमालेमा विवाद बढेपछि समाधानका लागि असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलबीच दशबुँदे सहमति भएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा