गोदावरीबाट थप एक वडाअध्यक्षले गरे एकीकृत सामाजवादीमा सनाखत

news dhn
news dhn
September 07, 4:11

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट थप एक वडाअध्यक्षले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन ।

एमालेबाट निर्वाचित वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले मंगलबार प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर एकीकृत सामाजवादीको पक्षमा सनाखत गरेका हुन । उनीसंगै वडा नम्बर १ की वडा सदस्य लाली देवी बिकले पनि एकीकृत समाजवादीमा सनाखत गरेकी छिन । यस्तै सोमबार वडा नम्बर ३ की वडा सदस्य कलावती बादी र वडा नम्बर ५ की रेश्मी परियारले एकीकृत सामाजवादीमा सनाखत गरेका थिए ।

यसअघि गोदावरीबाट उपप्रमुख रत्ना कडायत सहित वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहराले एकीकृत सामाजवादीमा सनाखत गरेका थिए । त्यस्तै एकीकृत समाजवादीमा सनाखत गर्ने वडा सदस्यहरुमा वडा नम्बर ५ का वडा सदस्य करम राना, वडा नम्बर ६ का वडा सदस्य धन बहादुर खड्का र वडा नम्बर ३ की वडा सदस्य रामपती थरुनी रहेका छन ।

गोदावरीमा नगरप्रमुख र उपप्रमुख एमालेबाट निर्वाचित भएका थिए । जसमा नगरप्रमुख हरी सिह साउँद एमालेमै रहेका छन । त्यस्तै १२ वडा रहेको गोदावरी नगरपालिकामा ६ वडामा एमालेका वडा अध्यक्षले चुनाव जितेका थिए । त्यसमध्ये २ वडा अध्यक्षले एकीकृत समाजवादी रोजेका छन । गोदावरीमा उपप्रमुख सहित वडा नम्बर ५ र ११ का वडाअध्यक्ष सुरु देखि नै माधव नेपाल पक्षमा उभिएका थिए ।

प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई दल बदल्ने समय आज सकिदै छ । सरकारले हालै ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था गरिएको थियो । आज ५ बजे सम्म मात्रै सनाखत गर्न सकिने प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा