एमालेको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

news doti
news doti
September 08, 6:27

काठमाडौं – सरकारले प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।

एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेका थिए । तेस्रो बैठकको सुरुमा नै एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा