एमालेमै रहेका सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

news
news
September 07, 4:38

धनगढी । नेकपा एमालेमै रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले आजै राजीनामा दिने तयारी गरेका हुन् ।

एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल समूहमा थिए ।राजीनामा दिने अन्तिम तयारी भइरहेको राज्यमन्त्री गहतराजले बताइन् । स्रोतका अनुसार सकेसम्म आज ५ बजेभित्रै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरिएको छ ।

प्रदेशमा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको नेकपा (एस)ले सरकार सञ्चालन गर्ने तयारी गरेपछि मन्त्रीद्वय शाह र गहतराजले राजीनामा दिन लागेका हुन् ।सभामुखबाहेक २४ सांसद रहेको एमाले सुदूरपश्चिम प्रदेशसभामा १० सांसदसहित चौथो दलमा सीमित बन्न पुगेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा