कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित हुने, नयाँ मितिमा जिल्ला अधिवेशन

sasas
sasas
September 10, 4:24

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ।  कांग्रेस पदाधिकारी बैठकले गाउँ-नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको छ। 

पदाधिकारीको शुक्रबार बसेको बैठकले गाउँ-नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको हो। कांग्रेस स्रोतले भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ-नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएको जनाएको छ।

यस्तै असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १३ गते प्रस्ताव गरिएको स्रोतले जनाएको छ। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि प्रस्ताव गरिएको छ। यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो।

कांग्रेस स्रोतले क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सवै जिल्लाहरुमा भदौ ५ गते वडा अधिवेशन गरिने जनाएको छ। कांग्रेसले २० जिल्लाको नामावली सार्वजनिक गरेको छैन। स्रोतका अनुसार आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ। - नेपालखबर

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा