माओवादी महाधिवेशनः आज बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै

news
news
December 29, 11:53

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्।

छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्। दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन्। प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ। सुझावहरु लिखित रुपमा पनि पेश गर्नुपर्ने छ। छलफलका क्रममा महाधिवेशन प्रतिनिधिले प्रचण्डको दस्तावेजलाई सकारात्मक रुपमा लिएपनि कार्यान्वयनमा आशंका गरेका छन्।

समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्। समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने महर्जनले जानकारी दिइन्। प्रस्तावित विधान मस्यौदामा १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने उल्लेख छ। केन्द्रीय कमिटीमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरिएको छ। हिजो बसेको स्थायी समिति बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा