सेती नदिमा नुहाउने क्रममा  वगेर एकजना वेपत्ता 

pachhim
pachhim
July 01, 6:17

डोटी, असार १६ - सेती नदिमा नुहाउने क्रममा सोमवार दिउँसो वगेर एकजना वेपक्ता भएका छन् । 
दीपायल सिलगढी नगरपालिका–७ कुण्जेडीगाउँ वस्ने  ४० बर्षीय चक्रबहादुर कुण्जेडा छिमेकिको मलामि आएका वेला दिउँसो साढे वाह्र वजे तिर सेति नदिमा नुहाउने क्रममा वगेर वेपक्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । 
दीपायल सिलगढी नगरपालिका–५ सेती नदी पुल नजिकैबाट कुन्जेडा बगेर वेपक्ता भएको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता धामीले जानकारी दिए । 
जिल्ला प्रहरी कार्यालय डोटी, इलाका प्रहरी कार्यालय दिपायल, लडागडा प्रहरी चौकिको टोली र स्थानियहरुले उनको खोजीकार्य गरीरहेको प्रहरी नायव उपरिक्षक धामीले बताए । 
एक बर्षको अवधिमा सेती नदिमा ७ जनाको ज्यान गई सकेको छ भने दुइ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा