दृष्ठि फाउन्डेसनलाई बिधाभुषण पब्लिक स्कुलको सहयोग

1
1
June 28, 7:27

धनगढी, असार १३ - 
धनगढी उपमहानगरपालिका १३ मा रहेको बिधाभुषण पब्लिक स्कुलमा कक्षा ७ तथा ८ मा अध्ययनरत बिधार्थिहरुले मानसिक रूपमा अशक्त तथा घरबार विहीन महिलाहरूलाई आरक्षण दिइरहेको संस्था दृष्टि फाउन्डेसनलाई खाजा तथा खानाको लागि आवश्यक पर्ने केही सामाग्री उपलब्ध गराएका छन् । 

शुक्रवार, बिधार्थिहरुले धनगढी कैलालीमा अवस्थित सो फाउन्डेसनमा गई १ कट्ठा चामल, १ पाकेट खाने तेल, २ पाकेट चाउचाउ तथा १ पाकेट बिस्कुट उपलब्ध गराएका हुन । 

बिधार्थीहरुलाइ पढाइ सँगसँगै सामाजिक कार्यमा पनि घुलमिल गराउने तथा जीवन भोगाइका अनेक रूपहरू प्रत्यक्ष रूपमा अवलोकन गरी वास्तविक जीवनको अर्थ बुझाउन प्रयोगात्मक रूपमा उनीहरूलाई सो कार्यक्रममा अग्रसर गराइएको बिधालयका शिक्षक टेकराज भट्टले जानकारी दिनु भयो । 

व्यवहारिक सिकाइ दिगो हुने र प्रभावकारी सिकाइका लागि बिधार्थीहरुलाइ हरेक बिधालयले यस्ता किसिमका क्रियाकलापमा सकेसम्म बढी सक्रिय गराउनुपर्ने उनको तर्क रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा