भीम रावललाई उनकै जिल्लाका नेता–कार्यकर्ताले पत्याउन छोडे, सांसद देखि मेयरले रोजे समाजवादी

Bhim Rawol
Bhim Rawol
September 03, 11:49

धनगढी –

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष डा. भीम रावलकै गृह नगर साँफेबगर नगरपालिका प्रमुखले पनि उनको साथ छाडेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्य रहेका कुलबहादुर कुँवर समाजवादीको काठमाडौँमा भएको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेलामा सहभागी भएका थिए । नेकपा एमाले साँफेबगर नगरपालिका इन्चार्ज सिलोज कुँवर पनि समाजवादीमा गएका छन् । नेता कुँवरकै गृहपालिका चौरपाटी गाउँपालिका अध्यक्ष हर्क साउदसमेत समाजवादीको पक्षमा उभिएका छन् ।

नेकपा एमाले अछामका उपाध्यक्ष हिरेन्ड भट्टराई, जिल्ला सचिव नवराज साउद, जिल्ला सदस्य एवम् कार्यालय सचिव नमराज न्यौपानेलगायतका जिल्ला तहका अधिकांश नेता समाजवादी पक्षमा छन् । एमाले अछामका अधिकांश जिल्ला कमिटी सदस्य तथा जन वर्गीय सङ्गठनका प्रमुखहरू पनि समाजवादीमै छन् ।

अखिलका जिल्ला अध्यक्ष शङ्कर विष्टलगायत पनि समाजवादीको पक्षमा उभिएका छन् । 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समूहमा रहेका नेता रावलले पार्टी टुक्राउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनी निकटका जिल्ला तहका नेता समाजवादीको पक्षमा लागेका हुन् । निर्वाचन आयोगले दिएको समय सीमा अगावै नेताहरू जिल्लामा खुल्ने क्रम जारी छ ।

रावललाई साथ दिँदै आएका जिल्लादेखि प्रदेश तहका अधिकांश नेता माधव नेपाल पक्षमा उभिएका छन् । उनको आफ्नै क्षेत्रका अधिकांश प्रभावशाली नेता समाजवादीतिर लाग्नाले रावल कमजोर देखिएका हुन् ।

रावलकै गृह जिल्ला अछामका एमाले अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रहिसकेका शेरबहादुर कुँवर पनि एमाले छाडेर समाजवादीमा लागेका छन् । कुँवरले माधव नेपाललाई पहिलेदेखि नै साथ दिएका थिए । रावल २०५१ सालमा पर्यटन राज्यमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका कुँवरलाई रावलले नै राजनीतिमा डोर्‍याएका हुन् । रावलनिकट मानिएका उनको क्षेत्रका कुँवर पार्टी टुक्रिएसँगै माधव नेपालतिर लागेका हुन् ।

 

समाजवादतर्फ लैजाने उद्देश्यमा युवा पङ्क्तिको बाहुल्य रहने गरी स्थापना भएको ‘नेकपा (एकीकृत समाजवादी)’ पार्टीमा आबद्ध हुन अन्य नेता(कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । ‘निष्ठाको राजनीति मेरो आदर्श हो,’ कुँवरले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले कहिल्यै पनि जातीयता र क्षेत्रीयताको राजनीति गरेको छैन र गर्दिनँ पनि ।’ 

कुँवरको समाजवादी पार्टी रोजाइसँगै उनी निकट नेता–कार्यकर्ता समाजवादी पार्टीमा लाग्न थालेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक पनि नेकपा एकीकृत समाजवादीमा लागेकी छन् । उनले मङ्गलवार प्रदेश निर्वाचन कार्यालयमा समाजवादी दलका पक्षमा सनाखत गरिसकेकी छन् । यसअघि उनले गृह जिल्लाका नेता रावललाई साथ दिँदै आएकी थिइन् । नेता रावल नेकपा एमालेमै रहेपछि विकले पनि उनको साथ छाडेकी हुन् ।

नेकपा एमालेका प्रदेश सदस्य शङ्कर भण्डारी पनि समाजवादीमा लागेका छन् । अछाम क्षेत्र नं. २ का प्रभावशाली नेता भण्डारीले रावललाई छोड्दै माधव नेपाललाई साथ दिएका छन् । सुदूरपश्चिममा समाजवादी दलमा १२ जना खुले पनि मङ्गलवार १० जना प्रदेश सांसदले मात्र सनाखत गरेका छन् ।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा