माधव नेपाललाई साथ नदिने मन्त्री हटाएर सुदूरपश्चिममा नयाँ सरकार गठन गरिँदै 

Politics
Politics
August 19, 11:43

धनगढी – 
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएसँगै सुदूरपश्चिममा सरकार फेरबदलको कसर फेरी अघि बढेको छ । यस अघि माधव नेपाल समूहको बहुमतका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम सरकार फेर्न पटक पटक असफल भएका थिए । तर माधव नेपालले नयाँ दल दर्ता गरे पछि अब उक्त दल अल्पमत वा अहिलेकै गठबन्धन जोगाउन सक्ने अवस्थामा रहने छैन । 
नेपालले अघि बढाएको नेकपा एमाले समाजवादीमा सुदूरपश्चिम प्रदेश सभाका २ जना सांसद मात्रै केन्द्रीय कमिटीमा परेका छन् । त्यसैले अब देउवा–प्रचण्ड–नेपाल गठबन्धन अघि बढेपछि सुदूरपश्चिम सरकारमा सहभागी मन्त्री मध्य नेपाललाई साथ नदिने मन्त्रीलाई हटाएर नयाँ सकार गठन वा मन्त्रीमण्डल फेरबदल हुने निश्चित भएको छ । अब ओलीरहित सरकार बन्ने निश्चित जस्तै भएको छ । सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद चाहिन्छन् । अब १३ माओवादी , १२ नेपाली काँग्रेस, २ जसपा र माधव नेपाल समूहमा खुल्ने सांसदहरूको गठबन्धन सरका बन्ने निश्चित भएको हो । 
माओवादी केन्द्र र नेपाली काँग्रेसबिच दुई÷दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ । अब माधव नेपाल समूहसँगको छलफल पश्चात् सम्भवतः सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने छ । सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भइरहेको बताए । ‘हामी केन्द्रको निर्णयको पर्खाइमा छौँ ।’ रावलले भने,  ‘सम्भवतः दसैँ अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमति अनुसार उनले मुख्यमन्त्री पद छोड्नेछन् । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा