एमाले फुटाउन अध्यादेश ल्याएको भन्दै कैलालीको अत्तरियामा मशाल जुलुस

Masal Julus
Masal Julus
August 17, 9:27

धनगढी – गठबन्धन सरकारले नेकपा एमाले फुटाउन अध्यादेश  ल्याएको भन्दै कैलालीको  अत्तरियामा प्रदर्शन भएको छ । एमाले गोदावरी नगर कमिटीको आयोजनामा केही बेर अघि अत्तरिया चोकमा मशाल जुलुस निकालिएको हो । 

प्रदर्शनमा सहभागीहरूले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । एमालेको ओली समूहले अध्यादेशको विरोध गरेको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश आज ल्याएको छ । बालुवाटारमा आज  बसेको मन्त्रिपरिषद् बैठकले एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका महन्त ठाकुर पक्षलाई पार्टी विभाजन गर्न सहयोग हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा