सुदूरपश्चिममा अबको मुख्यमन्त्री को ? ‘नयाँ दल दर्ता गरेका माधव समूहलाई दिने सहमति’ 

CM Charcha
CM Charcha
August 21, 10:17

धनगढी –

नेकपा एमाले विभाजन भएसँगै सुदूरपश्चिम सरकार फेरबदलको कसरत पनि सुरु भएको छ । वर्तमान गठबन्धनलाई तोडेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई पदच्युत गराउने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अभ्यास पटक–पटक विफल भएको थियो । तर अब भने माधव कुमार नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएसँगै एमालेसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बन्ने लगभग निश्चित जस्तै भएको छ । 

एमालेको अन्तर कलहले माधव समूहको बहुमतमा सुदूरपश्चिम सरकारको भविष्य अहिलेसम्म अडिएको थियो । तर अव माधव समूहले अहिलेकै बहुमत राखेर सरकार बन्न सक्ने मत जोगाउने सक्ने स्थिति नरहेपछि अब काँग्रेसलाई पनि साथमा लिएर ओलीरहितको गठबन्धन बनाउन विपक्षी मोर्चा सक्रिय बनेको छ । 

विपक्षी मोर्चाको यो सक्रियतासँगै अब सरकारको नेतृत्व कसले गर्छ भन्ने विषयले पनि चर्चा पाएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकै एक सांसदका अनुसार सुदूरपश्चिममा माधव समूहले सरकारको नेतृत्व गर्ने विषयमा सहमति भइसकेको छ । ‘उहाँहरूको पार्टी दर्ता प्रक्रियामा रहेकोले केही दिनलाई यो विषय पर धकेलिन सक्छ ।’ उनले भने, ‘अब धेरै विषय त पार्टी दर्ता पछि टुङ्गो लाग्ला । तर काँग्रेस–माओवादीका शीर्षस्थ नेताले वर्तमान मोर्चा गठनमा सक्रिय भूमिका खेलेका माधव समूहलाई सुदूरपश्चिम सरकारको नेतृत्व गर्न दिने सहमति गरिसकेको छ ।’ 

तर सुदूरपश्चिममा माधव समूहको सांसद सङ्ख्या कतिसम्म पुग्छ भन्ने कुरामा पनि यो विषय अडिग रहने उनले बताए । 

सुदूरपश्चिममा माधव समूहका प्रभावशाली नेता तथा प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले पनि आफूहरूले सरकारको नेतृत्व गर्ने विषयमा छलफल भइरहेको बताए । भागबन्डा मिलेपछि सुदूरपश्चिममा माधव समूहले सरकारको नेतृत्व गर्ने उनको भनाई छ । त्यसो नभएको खण्डमा सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल वा अहिलेकै मुख्यमन्त्री त्रिलोचन भट्ट मध्य एक जनाले नै सरकारको नेतृत्व गर्ने छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा