सरुवा रोग लागेजस्तो काँग्रेस महाधिवेशन : सारेको सारेइ गर्दा–गर्दा छैटौँ पटक सर्‍यो !

Congress
Congress
August 15, 10:06

धनगढी, साउन ३१ - 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन छैटौँ पटक सरेको छ । पछिल्लो पटक सारिएको मिति अनुसार अब महाधिवेशन मङ्सिर ९ देखि १२ सम्म गर्ने निर्णय भएको छ । क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ । 

पार्टीको विधानतः प्रत्येक चार वर्षमा हुनुपर्ने महाधिवेशन झन्डै ६ वर्षयता हुन सकेको छैन । २०७२ फागुन २० गतेदेखि २३ गतेसम्म १३ औँ महाधिवेशन भएको थियो । २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय समिति र मातहतका सबै कार्यसमितिको म्याद १ वर्ष थप्ने निर्णय गरेको थियो र २०७७ फागुन ७ देखि १० सम्म काठमाडौँमा १४औँ महाधिवेशन गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो । तर त्यस यता २०७७ मङ्सिर ९ देखि, २०७७ कात्तिक १६ देखि, २०७७ पुस ६ देखि, २०७८ असार ५ देखि र पछिल्लो पाछौँ पटक साउन १२ देखि गर्ने भनेर सारेको सारेइ गरिएको थियो । अब उक्त मिति पनि टारिएको छ । 

नेपाली काँग्रेसको विधान, २०१७ (नवौँ संशोधनसहित) को धारा १७ को उपधारा (१० मा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने व्यवस्था छ । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा