कांग्रेसमा नयाँ क्रियाशील सदस्यले आफैँलाई भोट हाल्न नपाउने

news
news
August 15, 2:19

काठमाण्डौ, ३१ साउन । सत्तारुढ नेपाली कांग्रेसका नयाँ क्रियाशील सदस्यहरुले १४ औं महाधिवेशनमा आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका छन्।

कांग्रेसका नयाँ क्रियाशील सदस्यहरुले गाउँ(नगर कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवारी दिए पनि निर्वाचनमा आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका हुन्।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यले गाउँ(नगर कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार बन्न पाए पनि आफैँले आफैँलाई वा कार्यसमितिका कुनै पनि उम्मेदवारलाई मतदान गर्न नपाउने निर्णय गरेको छ।

बैठकले गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुमात्रै गाउँ(नगर कार्यसमितिको निर्वाचनका लागि मतदाता बन्न पाउने गरी विधान संशोधन गरेको छ।

‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर(उपमहानगर(महानगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य भनिएकोमा गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ।

विधान संशोधनलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ। यसअघि विधानको धारा ८ (१) (क) मा ‘गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियशील सदस्य गाउँपालिका अधिवेशनका सदस्य हुनेछन्,’ भनिएको थियो।

यस्तै धारा ९ (१) (ख) मा ‘नगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु नगरपालिका अधिवेशनका सदस्य हुनेछन्,’ उल्लेख थियो।

केन्द्रीय कार्यसमितिले गरेको पछिल्लो संशोधनअनुसार अब गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुमात्रै गाउँ(नगर अधिवेशनका सदस्य हुनेछन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा