राजनीति
July 26, 6:06
धनगढीः सरकारले सातै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी थालेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकमा हाल रहेका प्रदेश प्रमुखलाई हटाउने विषयमा छलफल गरेर प्रदेश प्रमुख परिवर्तन गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए।
यस्तै सुदूरपश्चिमका प्रदेश प्रमुख पनि परिवर्तन गरिने बताउँदै मन्त्रिपरिषद् बैठकको निर्णय गर्ने नटुंगिएको ती मन्त्रीले बताए। गठबन्धन सरकार रहेकाले दलहरूसँग प्रधानमन्त्रीले… विस्तृतमा
July 26, 9:24
काठमाडौं । सत्तारुढ गठबन्धनमा सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिको गृहकार्य सुरु भएको छ । पूर्ववत् केपी ओली सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु हटाएर नयाँ नियुक्त हुने भएको हो ।
यसबारे गठबन्धनमा सल्लाह भइरहेको स्रोतले जानकारी दियो । सात प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र माधव समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने अनौपचारिक समझदारी भएको छ ।… विस्तृतमा
July 26, 9:12
काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्।
नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन् । उनीहरूले सर्वोच्च… विस्तृतमा
July 24, 12:26
काठमाडौं/एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको अन्नपुर्ण पोष्टले खबर लेखेको छ । ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइ छ।
‘एकताको काम अन्तिम चरणमा… विस्तृतमा
July 24, 10:51
९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवशेन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको काम टुंगिएको छैन ।… विस्तृतमा
July 20, 7:57
काठमाडौं ५ साउन/नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।
विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न… विस्तृतमा
July 20, 6:58
धनगढी : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आइतबार सांसद पदबाट राजीनामा दिए। तर, सभामुख अग्निप्रसाद सापकोटाले रावललाई डाकेर सनाखत गर्न बाँकी छ।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरिरहेका छन्। यस्तो अवस्थामा संसद्को अर्को बैठकमा त्यसको सूचना दिएमा मात्रै उनको सांसद पद रिक्त हुन्छ। त्यो सूचना राजपत्रमा प्रकाशित भएपछि संसद्ले त्यसको जानकारी निर्वाचन… विस्तृतमा
July 20, 1:41
काठमाण्डौ ५ साउन/नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ। पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको छ।
कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते… विस्तृतमा
July 19, 6:26
काठमाडौंः एमाले नेता भीम रावलले संसदको सदस्यबाट राजीनामा दिएका छन्। एमालेका नेता सुरेन्द्र पाण्डेले राजीनामा रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुसामू पढेर सुनाएका थिए।
तर, हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन। उनलाई राजीनामा फिर्ता लिन एमालेको दबाब दिँदै आएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका… विस्तृतमा
July 19, 10:22
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। उनलाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्। काँग्रेस सभापतिसमेत रहेका देउवाले काँग्रेससंगै माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी र जनमोर्चाले विश्वासको मत दिएका हुन्।
आइतबारसम्म पनि आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा उभ्याउदै आएका डोटीबाट विजयी प्रतिनिधिसभा सदस्य प्रेम आलले पनि देउवालाई विश्वासको मत… विस्तृतमा
July 19, 9:06
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। उनलाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्।
प्रतिनिधिसभा पुनस्थापना भएको पहिलो दिन नै देउवाले विश्वासको मत प्राप्त गरेपछि अब उनीमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा बढेको छ। देउवाले विश्वासको मत पाएसंगै उनीमाथि कम्तीमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था छ।
अब… विस्तृतमा
July 18, 10:22
देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाए।
कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो। एक सांसद तटस्थ रहे।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो… विस्तृतमा
July 18, 8:33
काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ।
अन्तिम समयमा आएर महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने भएको हो। ठाकुर पक्षको समर्थनसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने पक्का भएको हो।
एकाएक बदलिएको राजनीतिक… विस्तृतमा
July 18, 8:27
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्ने प्रक्रियामा सहभागी हुँदै दाहालले आगोसँग नखेल्न चेतावनी दिएका हुन् ।
एमालेका नेता प्रदीप ज्ञवालीलाई प्रत्युत्तर दिँदै उनले युद्धबाट हारेर शान्ति प्रक्रियामा आएको नठान्न आग्रह गरे ।
July 18, 7:39
काठमाण्डौ ३ साउन/प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताए ।
‘बहुदलीय व्यवस्थामा फरक राजनीतिक विचार, दल र प्रतिस्पर्धा स्वभाविक हुन् । यी आवश्यक पनि छन् । तर, हाम्रा केही साझा चुनौती , गन्तव्य र उद्देश्य छन्… विस्तृतमा