प्रेम आले र झपट रावल किन भए ‘यू टर्न’ ?

news doti
news doti
July 19, 10:22

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। उनलाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्। काँग्रेस सभापतिसमेत रहेका देउवाले काँग्रेससंगै माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी र जनमोर्चाले विश्वासको मत दिएका हुन्।

आइतबारसम्म पनि आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा उभ्याउदै आएका डोटीबाट विजयी प्रतिनिधिसभा सदस्य प्रेम आलले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनी ओली सरकारमा क्याविनेट मन्त्री थिए। आले आइतबार नै एक्कासी ‘यू टर्न’ भएको बताउँछन् उनी निकट एक एमाले नेता।

‘हुन त आले मन्त्री माग्दै देउवा निवास धाएको कुरा पनि चर्चामा आएको थियो। तर आइतबार बिहानसम्म पनि आले आफूलाई ओली पक्षमै रहेको बताइरहेका थिए। मतदान गर्दा सर्पराइज दिए।’

ओली सरकारमा वनमन्त्री रहँदा हटाइएपछि उनी ओलीसंग रुष्ट थिए। उनले ओलीकै कारण एमाले विभाजनको संघारमा पुगेको प्रतिक्रिया पनि दिदै आएका थिए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिन आले बूढानिलकण्ठ पुगेको चर्चा पनि चलेको थियो।

त्यहाँ आलेले आफूलाई मन्त्री पद माग्दै र ओली पक्षका ८ जना सांसदलाई विश्वासको मत दिन लगाउने बताएको पनि स्रोतले दाबी गरेको थियो। अन्ततः देउवालाई ओली पक्षका ८ जना सांसदले विश्वासको मत पनि दिएका छन्। 

 

आइतबार अपरान्हसम्म पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइरहेका कैलालीबाट निर्वाचित सांसद झपट रावल पनि ‘यू टर्न’  भए। एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि उनले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन्।

अन्तिम समयमा आएर सदनबाट बाहिरिएपछि रावलले भनेका थिए, ‘हिजो संसद विघटनमा साथ दिएका र केपी ओली सरकारमा रहेका प्रतिगामीहरुले पुनः सत्ताका लागि विश्वासको मत दिने भएपछि मतदान प्रक्रियाबाट बाहिरिएका हौँ।’

रावलले महन्त ठाकुरले रोष्टममा उभिएर सरकारलाई विश्वासको मत दिने भनेपछि आफूहरु छलफल गरेर पक्ष विपक्ष कतै नउभिने निर्णयमा पुगेका बताएका थिए। माधव समूहका रावल एमाले उपाध्यक्ष भीम रावल निकट छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा