राजनीति
July 18, 4:09
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।
माधव नेपाल पक्षबाट पार्टी मिलाउन गठित कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रावलले राजीनामा दिएको घोषणा गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा रहेको बेला रावलले राजीनामा दिएको घोषणा गरेका हुन्।
July 18, 3:17
काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नराख्ने निर्णय गरेको छ । आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ ।’ बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भने ।… विस्तृतमा
July 18, 1:38
काठमाडौँ,साउन ३
एमाले नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका हुन् ।
नेपाल समूहका सांसदहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि… विस्तृतमा
July 18, 11:20
काठमाडौँ,साउन ३
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर… विस्तृतमा
July 18, 10:41
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ । तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन भने कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले नेपाल पक्षको सत्तारोहण अनिश्चित छ ।सत्तारुढ गठबन्धन शीर्ष नेताबीचको छलफलमा माधव पक्षलाई सरकारमा सहभागिताको लागि आग्रह गरिएको छ । गठबन्धनको बैठकमा नगएका नेपाललाई भेटेरै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा सहभागी… विस्तृतमा
July 18, 10:25
काठमाडौं साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
आज सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।
संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।
संविधानको धारा ७६ (५) अनुसार… विस्तृतमा
July 17, 8:36
काठमाण्डौ २ साउन/कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् ।
घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरूसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले… विस्तृतमा
July 17, 5:04
काठमाडौं: जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ। आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो।
बैठकपछि सांसद् प्रदीप यादवले भने, 'हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ। भोलिकै संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ।' बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको यादवले बताए। यस्तै, अध्यक्ष महन्थ ठाकुर पक्षलाई छाडेर ५ सांसद् यादव… विस्तृतमा
July 17, 4:17
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए। दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ।सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी… विस्तृतमा
July 17, 1:42
काठमाडौँ, २ साउन: नेपाली काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको राससलाई जानकारी दिए । विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी… विस्तृतमा
July 17, 10:48
नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने… विस्तृतमा
July 15, 7:44
काठमाडौं, ३१ असार - प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् ।
सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।
सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन् । सातवटा… विस्तृतमा
July 15, 11:42
काठमाडौं, असार ३१
नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका हुन । भोलि शुक्रबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने छ,” कांग्रेस… विस्तृतमा
July 13, 11:53
काठमाडौं, असार २९
प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष आफ्नो आगामी कदमलाई लिएर अन्योलग्रस्त छ ।
पार्टी अध्यक्ष यादवले सर्वोच्चको फैसलाले राष्ट्र, संसद्, लोकतन्त्र र संविधानको रक्षा गरेको बताए । ‘यो निर्णय ऐतिहासिक छ, स्वागत गर्छौं,’ उनले भने, ‘अब देउवाको नेतृत्वमा सरकार… विस्तृतमा
July 13, 11:46
काठमाडौं– एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सर्वोच्चको फैसलाबारे आधिकारिक धारणा तय गर्न आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो ।
सोमबार साँझ नै बैठक बोलाइए पनि माधव नेपाल पक्ष नआएपछि अनौपचारिकरुपमै छलफल भएको थियो ।