प्रधानमन्त्री देउवाले आजै प्रतिनिधी सभामा विश्वासको मत लिने

deuba
deuba
July 18, 10:25

काठमाडौं साउन ३ 
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
आज सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।
संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन्।
एमालेको माधवकुमार नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। एकता प्रक्रिया चलिरहँदा विश्वासको मतले लफडा निम्त्याउने भएकाले पहिले यो कुरा टुंग्याएर मात्र एकता प्रयासमा केन्द्रित हुने नेपालपक्षको तयारी छ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपालपक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेकासहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जना गरी देउवाको पक्षमा १५१ मत पुग्छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा