केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

news doti
news doti
July 17, 8:36

काठमाण्डौ २ साउन/कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् ।

घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरूसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित शनिबार बसेको पदाधिकारी बैठकमा भएको छलफल एवं परामर्शपछि देउवाले कारबाहीको निर्देशन दिएका पौडेलले जानकारी दिए । पौडेलका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले पेस गरेको निर्णयबमोजिमको पत्रअनुरूप कारबाही गर्न देउवाले भनेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा