सातवटै प्रदेशका प्रमुख फेर्ने तयारी

news
news
July 15, 7:44

काठमाडौं, ३१ असार - प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् ।

सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।

सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन् । सातवटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ । सम्भवत आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ ।

यसैगरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरु खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा