जसपा यादव पक्ष सरकारमा जाने, पाँच सांसदले छाडे ठाकुरको साथ

news
news
July 17, 5:04

काठमाडौं: जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ। आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो। 

बैठकपछि सांसद् प्रदीप यादवले भने, 'हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ। भोलिकै संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ।' बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको यादवले बताए। यस्तै, अध्यक्ष महन्थ ठाकुर पक्षलाई छाडेर ५ सांसद् यादव पक्षको बैठकमा आएको सांसद् यादवले बताए। 

अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा आएका हुन्। यसअघि पार्टी नै विभाजन गरेर अध्यक्ष ठाकुर समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो। ३२ सांसदमध्ये अध्यक्ष ठाकुर पक्षमा २० जना थिए भने अर्का अध्यक्ष यादव पक्षमा १२ मात्रै सांसद् थिए। अध्यक्ष ठाकुर पक्षले ५ सांसदलाई साथ छाडेपछि यादव पक्षमा १७ सांसद् पुगेका छन्। यो सँगै कार्यकारिणी समिती र संसदीय दल दुवैमा अध्यक्ष यादव पक्षको बहुमत भएको छ। जसपाको आधिकारिकता टुंगोमा पुर्याउनका लागि भोलि नै निर्वाचन आयोगले दुवै समूहलाई बोलाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा