राजनीति
July 13, 11:16
धनगढी : अदालतको परमादेशपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुने लगभग पक्का देखिएको छ। प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत जुटाउनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायरमा साथ दिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विश्वासको मत नदिए के होला भन्ने जिज्ञास बढेको छ। नेपाल पक्षका २३ सांसदसहितको समर्थनमा… विस्तृतमा
July 11, 10:40
२७ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले जुटाएको सहमतिमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ ।
कार्यदलले जेठ २ मा फर्किने सहमति गरेको छ ।… विस्तृतमा
July 11, 4:11
काठमाडौं: निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।
आयोगका सचिव सुरेश अधिकारीका अनुसार नेपालको संविधान, प्रचलिन कानुन, राजनीतिक दलसम्बन्धी ऐनको आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको हो।
नेकपा माओवादी केन्द्रको… विस्तृतमा
July 05, 8:53
काठमाडौँ,२१ असार– प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ ।
यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् ।उनीहरूको बहस सकिएपछि अदालतका… विस्तृतमा
July 03, 1:18
काठमाडौँ, असार १९
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा आज अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बालुवाटारमा बैठक बस्न लागेको बताएका हुन ।
‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन ।… विस्तृतमा
July 02, 2:37
काठमाडौं: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदलाई निर्देशन दिएका छन्।
बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन… विस्तृतमा
July 01, 9:46
१७ असार,काठमाण्डौ ।नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो ।
आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा केन्द्रीत भएर नै छलफल हुने नेताहरूले बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि… विस्तृतमा
June 29, 4:02
काठमाडौँ, १५ असार: नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापनापछि झन… विस्तृतमा
June 28, 1:43
धनगढी असार १४ : सुदूरपश्चिम प्रदेशको राजनीतिमा ‘हेविवेट’ जिल्लाका रुपमा कैलालीलाई हेरिन्छ । प्रतिनिधी सभाका पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीको यो संख्या सुदूरपश्चिमका नौवटै जिल्लाहरुमा सबैभन्दा बढी हो । त्यसैले यहाँको राजनीतिले प्रदेशका अन्य जिल्लाको राजनीतिलाई समेत प्रभावित पार्ने गर्दछ ।
आशन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि कैलालीलाई रोचकताका साथ हेरिएको छ । हालका सभापति नरनारायण शाह(… विस्तृतमा
June 27, 10:44
काठमाडौं , असार १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधीकारीको बैठक बोलाउनु भएको छ । बैठक आईतबार दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्ने छ ।
आसन्न महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको बताईएको छ ।
महाधिवेशनसम्बन्धी विविध विषयमा समेत बैठकमा छलफल हुने छ । आजको बैठकले क्रियाशील सदस्यका लागि सूचीकृत सदस्य… विस्तृतमा
June 27, 10:23
काठमाडौँ – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुको बहस आज सकिँदैछ । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई शुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।
निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।… विस्तृतमा
June 27, 10:09
कञ्चनपुर,१३ असार । कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ। आव २०७८-७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो।
“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रीत भएर बस्नु… विस्तृतमा
June 24, 4:35
काठमाडौं १० असार, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताएका छन् । बिहीबार विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताएका छन् ।
प्रधानमन्त्रीको शासकीय… विस्तृतमा
June 24, 9:23
काठमाडौँ,असार १० — सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् विस्तारको निर्णयमा लगाम मात्रै लगाएन, प्रधानमन्त्री पद रिक्त अवस्थामा रहेकाले यो सरकार कामचलाउ हुने र मन्त्रिपरिषद् फेरबदल गर्न नपाउने आदेशसमेत ग¥यो । यो सर्वोच्चले सरकारका निर्णयमाथि लगाम लगाएको छैटौं घटना हो ।
दोस्रो पटकको प्रतिनिधिसभा विघटनदेखि सरकारका पछिल्ला केही निर्णयसम्मलाई प्रश्न उठाउँदै अदालतले यसैगरी अन्तरिम आदेशमार्फत… विस्तृतमा
June 22, 6:42
काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका… विस्तृतमा