राजनीति
June 22, 2:25
काठमाडौं, असार ८ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नेतृत्वको लागि दौडधुप सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवाले पूनः नेतृत्वमा दोहोरिने घोषणा गरेसँगै विपक्षी गठबन्धन पनि देउवालाई काउन्टर दिनेगरि छलफलमा जुटेको छ ।
खासगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक देउवाविरुद्ध आफ्नो पक्षबाट सहमतिमै एक जनाको मात्रै उम्मेद्धवारी दिने बताएका छन् । पौडेल आँफैपनि नेतृत्वमा आउन ईच्छुक छन् । तर… विस्तृतमा
June 20, 4:16
कैलाली,असार ६
सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।
आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी… विस्तृतमा
June 20, 3:47
कैलाली,६ असार – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको मुद्दामा ५ वरिष्ठ अधिवक्ताले विपक्षीबाट बहस गरेका थिए । बहस सकिएसँगै रिटउपर आजै फैसला आउनसक्ने बताइएको छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, रमण श्रेष्ठ, गोविन्द बन्दी, दिनमणि पोखरेलले सुदूरपश्चिम प्रदेश सरकारले… विस्तृतमा
June 20, 9:23
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुने भएपछि सभापति शेरबहादुर देउवा पुनः दोस्रोपल्ट पार्टी सभापति बन्न तम्सिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यकिन गरेपछि देउवाले आफ्नो पक्षका नेताहरूलाई एक्लाएक्लै र सामूहिक रूपमा भेटेर माहोल बुझ्ने काम गरिरहेका छन् ।
सभापति देउवा पक्षमै सभापतिका आकांक्षी देखिएका उपसभापति बिमलेन्द्र निधिसँग छलफल… विस्तृतमा
June 19, 2:09
धनगढी, असार ५ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनुगमन गर्ने भएपछि शुक्रबार दिउँसो गौरीफन्टा नाकाको माहोल बदलियो । ३ बजे अनुगमनको कार्यक्रम थियो । दिउँसो साढे २ बजेदेखि नै नाकामा खटिएका सुरक्षाकर्मी निकै चनाखो भएर बसेका थिए । ट्राफिक प्रहरी पनि सवारी साधनको उचित व्यवस्थापनका लागि खटिएको थियो ।
पत्रकार, सुरक्षाकर्मीबाहेक सीमा नाकाबाट रोजगारी खोज्दै भारत जाने र भारतबाट स्वदेश फर्किनेहरु भने… विस्तृतमा
June 19, 8:06
कैलाली,असार ५
५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्वतयारीमा जुटिसकेको बताएकी छन् ।
शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले स्थानीय तह र प्रदेश सरकार मिलेर कोरोना महामारी नियन्त्रणका योजना बनाउन थालेको बताइन् । ‘कोरोना भाइरसको अर्को… विस्तृतमा
June 18, 6:03
काठमाडौँ,असार ४ ः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्वासको मत दिए भने २७ सांसदले विपक्षमा मतदान गरे ।
नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले… विस्तृतमा
June 17, 2:01
काठमाडौं,असार ३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ ।
गएको शनिबार सभापति शेरबहादुर देउवाको निवास… विस्तृतमा
June 16, 9:22
धनगढी, ३ असार÷
नेपाली काँग्रेसले कृयाशिल सदस्याताको सुचि सार्बजनिक गरेको छ । जिल्ला, क्षेत्र र नगरमा सबै समितिमा कृयाशिल सदस्यतको सुचि पुगि सेकेको छ । आधिकारिकता प्रप्त सदस्यतामा कुनै त्रुटी वा उजुरी भएमा नेपाली काँग्रेस कैलालीले असार ५ गते साझ ५ भित्रमा दाबी बिरोध गर्न समय सिमा तोकेको सभापति नरनारायण शाहले जानकारी दिएका छन् ।
केन्द्रिय कार्यालयले सार्वजनिक गरेको प्रस्तावित नामावलीमा कुनै त्रुटि… विस्तृतमा
June 14, 9:45
३१ जेठ, धनगढी ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।
तर ओली पक्षका सांसदहरूले विपक्षमा मत दिएका थिए । उनीहरुले संसदीय दलको… विस्तृतमा
June 14, 2:51
कैलाली,जेठ ३१
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार घटाएर आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउने तयारी गरेको छ । आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने तयारी गरेको छ ।
आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले बजेटको सबै तयारी पूरा… विस्तृतमा
June 13, 7:14
जेठ ३० , धनगढी ः
सुदूरपश्चिम प्रदेश सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले… विस्तृतमा
June 13, 7:04
जेठ ३०,धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीको संख्याको विषयमा प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुदूरपश्चिम प्रदेश सरकारको कार्यालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।
संविधानमा मन्त्रिपरिषद् सदस्यको संख्या प्रदेश सभा सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी बनाउन पाइने व्यवस्था छ । तर ५२… विस्तृतमा
June 12, 8:59
काठमाडौं, जेठ २९
नेपाली कांग्रेसले आफ्नो महाधिवेशन भदौ १६ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेसले आगामी भदौ ६–१० का लागि निर्धारित गरेको महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय गरेको हो । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व… विस्तृतमा
June 11, 6:48
धनगढी,
देशमा राजनीतिक उथलपुथल भए पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा सहजै विश्वासको मत प्राप्त गर्न सकेको भन्दै प्रदेश सांसद महेशदत्त जोशीले सङ्घीयतामा स्थिर सरकारको नारा स्थापित भएको बताएका छन् । बिहीबार प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रवारबाट छलफल सुरु भएको छ । सोही छलफलका क्रममा जोशीले मुख्यमन्त्री भट्टको प्रशंसा गर्दै यस्तो बताएका हुन्… विस्तृतमा