भीम रावलकाे क्षेत्रमा उपचुनाव होला ?

news
news
July 20, 6:58

धनगढी : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आइतबार सांसद पदबाट राजीनामा दिए। तर, सभामुख अग्निप्रसाद सापकोटाले रावललाई डाकेर सनाखत गर्न बाँकी छ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरिरहेका छन्। यस्तो अवस्थामा संसद्को अर्को बैठकमा त्यसको सूचना दिएमा मात्रै उनको सांसद पद रिक्त हुन्छ। त्यो सूचना राजपत्रमा प्रकाशित भएपछि संसद्ले त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने हुन्छ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टकाअनुसार संसद्को कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने हुन्छ। ‘प्रदेश र प्रतिनिधिसभाको अवधि एक वर्षभन्दा बढि भए सरकारले निर्वाचन घोषणा गर्न सक्छ। तर, त्यो कानुनी व्यवस्थाको कार्यान्वयन भने सरकारको हातमा छ,’ उनले भने। जो संसद विघटनविरुद्ध खरो उत्रिए उनैले बनाए जनतालाई प्रतिनिधिविहीन
‘प्रधानमन्त्रीले अधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरे। जनतालाई जनप्रतिनिधिविहीन बनाउने अधिकार कसैलाई छैन्,’ पहिलो पटक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा धनगढीमा आयोजित कार्यक्रममा नेता भीम रावलले भनेका थिए।संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको दाबी उनले गरेका थिए। तत्कालिन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गर्दा त्यसकाविरुद्धमा सबैभन्दा बढि खरो रुपमा उत्रिएका थिए रावल। उनले प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको पटकपटक बताए।

उनले भनेका थिए, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।’

एकै पार्टीमा रहेर पनि ओली नेतृत्वको सरकारका सबैभन्दा कट्टर आलोचक र प्रतिपक्षी कोही थिए भने ती रावल नै हुन्। उनी जेठ १० गते अदालतमा प्रतिनिधि सभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालत पुगे। अदालतसंग परमादेश माग गर्दै बुझाइएको रिट निवेदनमा उनले पनि हस्ताक्षर गरे। 

असार २८ मा अदालतले परमादेश जारी गरेपछि भीम रावल मौन भए। अन्त्यमा अदालतको फैसला संसदमा कार्यान्वयन हुने समयमा भने प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर रावलले अछामी जनतालाई जनप्रतिनिधिविहीन बनाएका छन्।

उनको राजीनामासंगै अछाम निर्वाचन क्षेत्र नम्बर १ का जनता संघीय प्रतिनिधिविहीन भएका छन्। अछाम निर्वाचन क्षेत्र नम्बर १ के प्रदेशसभा ९ख० यसअघि नै प्रनिनिधिविहीन भइसकेको छ। माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी झपट बोहराले पार्टी त्याग गरेपछि उनको सांसद पद गुमेको थियो।

रावल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाउँदै विजयी भएका थिए। आइतबार सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले अछामी जनतासंग माफी मागेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा