सुदूरपश्चिम प्रदेश प्रमुख फेरिन सक्ने

news
news
July 26, 6:06

धनगढीः सरकारले सातै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी थालेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकमा हाल रहेका प्रदेश प्रमुखलाई हटाउने विषयमा छलफल गरेर प्रदेश प्रमुख परिवर्तन गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए।

यस्तै सुदूरपश्चिमका प्रदेश प्रमुख पनि परिवर्तन गरिने बताउँदै मन्त्रिपरिषद् बैठकको निर्णय गर्ने नटुंगिएको ती मन्त्रीले बताए। गठबन्धन सरकार रहेकाले दलहरूसँग प्रधानमन्त्रीले सैद्धान्तिक छलफल गरे पनि निर्णय आइसकेको छैन। त्यसले आजै हुने कि अर्को बैठकमा हुने भन्ने निश्चित नभएको बालुवाटार स्रोतले जनाएको छ।

अहिले सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ नियुक्त गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्न सक्ने व्यवस्था संविधानमा छ। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा