खेलकुद
November 12, 2:50
कैलाली,२६ कार्तिक
धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ एलपीएलको स्कोरिंग पार्टनर विकेटनेपाल डट कम रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको प्रत्येक खेलको स्कोर अपडेट नेपाली क्रिकेट प्रेमीहरु माझ लोकप्रिय क्रिकेट साइट विकेट नेपालले… विस्तृतमा
November 11, 10:44
धनगढी ( धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएललाई समाजसेवी तथा खेल प्रेमी सुमित्रा बस्नेतले ब्राउट टु यु बाई प्रायोजन गर्नु भएको छ । समाजसेवामा अग्रसर भई नेसनल क्रेटर्स अवार्ड २०२० ९द नेसनल हिरोज० लगायतका सयौँ अवार्ड प्राप्त गर्न सफल बस्नेतले विद्यालय स्तरको खेल क्षेत्र उत्थानका लागि एलपीएललाई प्रायोजन… विस्तृतमा
November 09, 4:26
एजेन्सी: यो वर्षको टी–२० विश्वकपबाट भारतीय क्रिकेट टोली बाहिरिएको छ। योसँगै टी–२० मा कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि समाप्त भएको छ। विश्वकपभन्दा अघि नै कोहलीले प्रतियोगितापछि टी–२० टोलीको कप्तान छाड्ने बताएका थिए।
कोहलीले ट्वीटरमा एउटा सन्देश लेखेर कोहलीले भारतीय समर्थकहरूलाई पनि धन्यवाद दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘हामी सबै एक साथ मिलेर लक्ष्य हासिल गर्छौँ। दुर्भाग्यले हामी… विस्तृतमा
November 08, 5:55
कैलाली, कात्तिक २२
आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (लपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ जोडिएको छ ।
सोमबार बलियो नेपाल न्युट्रीसन इनिसियटिभको सानेपा ललितपुरस्थित कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष… विस्तृतमा
November 05, 8:29
१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ ।
यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।
वेस्ट इन्डिजका सिमरोन… विस्तृतमा
November 03, 6:07
धनगढी – धनगढीमा आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग(एलपीएल) लाई भिभो मोबाइल कम्पनीले मोबाइल पार्टनरका रूपमा प्रायोजन गरेको छ । भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स बिच सम्झौता भएको हो । प्रतियोगिताको आगामी संस्करणमा मोबाइल पार्टनर रहने गरी लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष… विस्तृतमा
November 03, 12:28
धनगढी, १७ कार्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा वडास्तरीय जुगेडा प्रिमियर लिग (जेपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ। दिपावलीको अवसरमा स्थानीय हनुमाननगर युवा क्लवबले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन मंगलबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले गरेका थिए।
जुगेडाका क्रिकेट खेलाडीहरुको प्रतिभाको उजागर गर्न प्रतियोगता हुन लागेको क्लबका उपाध्यक्ष बालकृष्ण… विस्तृतमा
November 01, 9:26
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-० गोलले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोलका लागि पास मिलाइदिए।
रोनाल्डोले ३९ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। ६४ मिनेटमा रोनाल्डोको पासमा काभानीले टिमको अग्रता दोब्बर पारे। युनाइटेडका लगि रास्फोर्डले ८६ मिनेटमा तेस्रो गोल गरेका थिए।
अर्को खेलमा… विस्तृतमा
October 30, 5:46
धनगढी, १३ कार्तिक
खेलकुद क्षेत्रलाई अहिलेको तीनै तहका सरकारले नहेरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले बताएका छन् ।
नेपाल सितोरियो कराते संघ कैलालीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पन्तले खेल क्षेत्रलाई बेवास्ता गरेर सरकारले खेलाडीको मनोबल कमजोर बनाउने काम गरेको बताका हुन् ।
नेपालमा निजी क्षेत्रको प्रयास र योगदानका… विस्तृतमा
October 30, 1:31
आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्। अफगानिस्तानका स्पिनर खानले श्रीलंकाका पूर्व लिजेन्ड लसिथ मालिंगाको कीर्तिमान तोडेका हुन्।
राशिदले शुक्रबार पाकिस्तानविरुद्ध पहिलो विकेट लिएसँगै यो विश्व कीर्तिमान बनाएका हुन्। योसँगै एकदिवसीय र टी-२० दुवैमा… विस्तृतमा
October 28, 4:20
धनगढी, ११ कार्तिक/डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा धर्मसिह तुलसीदेवी स्मृति बृहत भलीबल प्रतियोगिता २०७८ हुने भएको छ । सातभाई बहुउदेश्यीय कृषी फर्म जोरायल गाउँपालिका–५ गडसेराको आयोजनामा बडीगाडमा कार्तिक १७ गते देखी भलिवल प्रतियोगिता हुने आयोजक समितिका शेरबहादुर देउवाले जानकारी दिए ।
दिपावलीको अबसरमा आयोजना हुने भलिवल प्रतियोगितको प्रथम टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुने टिमलाई… विस्तृतमा
October 28, 1:42
धनगढी,११ कार्तिक । कञ्चनपुरको वेदकोट नगरपालिका –१ को शुक्लाफाँटा युवा क्लबले ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ को उपाधि जितेको छ। वडा नम्बर १ को गौडी खेल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नम्बर ७ सुडालाई २४ रनले पराजित गर्दै शुक्लाफाँटा युवा क्लबले उपाधि जितेको हो।
पहिला ब्याटिङ गरेको शुक्लाफाँटा युवा क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो। वडा नम्बर १ का लागि कृष्ण बिष्टले… विस्तृतमा
October 23, 10:30
६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो ।
सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार… विस्तृतमा
October 19, 2:03
बझाङको बुङ्गल न. पा ६ मा चौथो धौलीदेवी स्मृती कप हुने भएको छ । बझाङमा बझाङ धौलिदेवी स्मृती क्रिकेट कप कार्तिक ९ देखि १६ गते संचलान हुने आयोजकले जानकारी दिएको छ ।
टिम दर्ताका लागी आयोजकले असोज २२ बाट सूचना निकालेको थियो भने टिम दर्ता गर्ने अन्तिम मिति कार्तिक ८ गते सम्म रहेको छ । दर्ता सुल्क १५ हजार रहेको छ ।
खेलमा प्रथम हुने टिमलाई २ लाख ५० हजार, दृतियलाई १ लाख,सिरिज २० हजार
उत्कृष्ट बलर… विस्तृतमा
October 17, 12:36
३१ असोज, काठमाडौं । टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने छ ।
यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ ।
प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले मात्र खेल्नेछन् ।
समूह ए : आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र… विस्तृतमा