टी-२० विश्वकप : आजदेखि सुपर १२ का खेल हुँदै

news
news
October 23, 10:30

६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो ।

सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा