खेलकुद
December 16, 2:44
धनगढी,१ पुष / सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले बैतडीकी रितु कनौजियाको कप्तानीमा १८ सदस्यीय टीम घोषणा गरेको छ । १८ मा ४ जना बैकल्पिक खेलाडीको सूचीमा छन् ।
३ पुसबाट कैलालीको धनगढीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टीम सुदूरपश्चिम घोषणा गरिएको हो । संघका सचिव तेजप्रकाश भट्टका अनुसार टीममा कञ्चनपुरकी बिन्दु रावल, डौली भट्ट, कविता जोशी, दिपा जोरा र बिमला… विस्तृतमा
December 15, 6:53
धनगढी,२९ मंसिर /धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सहप्रायोजक धनगढीमा रहेको स्यान्को कट्टी रोल रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सहप्रायोजकको रुपमा बुधबार स्यान्को कट्टी रोल जोडिएको हो ।
प्रतियोगिताको… विस्तृतमा
December 12, 3:43
अत्तरिया, २५ मंसिर / कैलालीको गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा ‘सुदूरपश्चिम राजधानी कप २०७८ फुटबल प्रतियोगिता’ हुने भएको छ । अत्तरिया रहेको पिएफएम स्पोट्स क्लबको आयोजनामा आगामी पुस ५ गतेदेखि १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
यस बर्ष पुरुष र महिला गरी दुवै तर्फका खेलहरु खेलाइने पिएफएम स्पोट्स क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी… विस्तृतमा
December 11, 1:58
धनगढी, २५ मंसिर
“राष्ट्रका लागी खेल,स्वास्थ्यका लागी खेल ” भन्ने मुल नाराका साथ धनगढीमा प्रदेश स्तरीय प्रधानमन्त्री कप टि २० महिला क्रिकेट आजबाट धनगढीको फाप्लामा सुरु भएको छ ।
पहिलो खेलमा व्याटिङ गर्दै डडेल्धुरा । तस्बिर ः मोहन पनेरु
खेलमा सुदुरपश्चिम प्रदेशका नौ वटौ जिल्लाका महिला खेलाडीहरुको उपस्थीत रहेको छ भने खेल मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन हुने आयोजक सुदुरपश्चिम प्रादेशिक… विस्तृतमा
December 05, 8:21
धनगढी – यु–१९ एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशले फाइनल खेल खेल्दै छ । प्रदेश–२ लाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको लुम्बिनी र बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल पुगेको सुदूरपश्चिम आज उपाधिका लागि भिड्न लागेका हुन् । खेल टियू मैदान कीर्तिपुरमा हुने छ।
२ पटक यु–१९ र १ पटक यु–१६ को उपाधि उचालिसकेको सुदूरपश्चिमले लुम्बिनी सामु बलियो प्रदर्शन गर्ने लक्ष… विस्तृतमा
December 03, 5:10
काठमाडौंः यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो ।
जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो । यसअघि नै १० अंकका साथ लुम्बिनी… विस्तृतमा
December 01, 4:53
काठमाडौँ – काठमाडौँमा जारी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम तेस्रो जित हात पारेको छ। बुधवार मूल पानी मैदानमा भएको प्रतियोगिताको १८औँ खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गरेको हो। यो सँगै सुदूरपश्चिमले फाइनल सम्भावना कायम राखेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अङ्कित सुवेदीको ६१ रनको शानदार अर्धशतकीय इनिङका बाबजुद ९० रन मात्रै बनायो। सुवेदीबाहेक अन्य… विस्तृतमा
November 26, 4:39
धनगढी, -
धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सह प्रायोजक (गेट प्रायोजक) एभरफन चकलेट रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सह प्रायोजकको रूपमा शुक्रबार एभरफन चकलेट जोडिएको हो ।
प्रतियोगिताको सह प्रायोजक… विस्तृतमा
November 22, 4:51
धनगढी - धनगढी - धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि रहने भएको छ । प्रतियोगिताको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि. का तर्फबाट सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिंले सोमबार सम्झौता… विस्तृतमा
November 22, 1:45
धनगढी ६ मंसिर / अन्तरबिद्यालय अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फलावर प्रिमियर लिग ९एलपिएल० छैठौ संस्करण थप आकर्षण सहित संचालन हुने भएको छ । आगामी माघमा आयोजना हुने एलएलपिल ६ लाई भव्य रुपमा सफल पार्न थप आकर्षण थपिन लागेका हुन् ।
“प्रतियोगितालाई अझै व्यवस्थित बनाउने कामको निरन्तरताको रुपमा यस बर्ष आयोजना हुने एलपिएल ६ मा तीन आकर्षण थपिरहेका छौं ।” लिटल फलावर स्पोर्टस एण्ड इभेन्टका… विस्तृतमा
November 21, 9:43
अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ । जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी-२० को… विस्तृतमा
November 15, 6:11
कैलाली २९ कार्तिक
वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा आजको खेलमा कैलालीले तेस्रो जित निकालेको छ भने बैतडी विरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित ४० ओभरमा ब्याटिङ्ग गर्दै ९ विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएको थियो । कैलालीका लागी बसन्त सि कार्कीले ६२ रन बनाए भने अर्जुन साउदले ३८ रन , सङीत बुढाथोकीले २८ रन र कप्तान नारायण जोशीले २३ रनको… विस्तृतमा
November 14, 6:08
वाई वाई यु–१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ ।
टस जित्दै पहिलो ब्याटिङ्ग रोजेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको भयो । बलिङतर्फ कैलालीका लागी प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र बसन्त कार्कीले समान २÷२ विकेट लिए ।
४४… विस्तृतमा
November 14, 9:47
धनगढी – वाई वाई यु–१९ अन्तर्गतको सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा बझाङ विरुद्ध टस जित्दै ब्याटिङ रोजेको कैलालीले ५० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ९३ रन जोड्न सफल भएको थियो । कैलालीका लागी सङीत बुढाथोकीले सर्वाधिक ७४ रन प्रहार गरेका थिए । त्यस्तै टेक रावतले ३५ , आयुब चन्द र वसन्त कार्कीले समान ३३/३३ रनको योगदान दिएका थिए ।… विस्तृतमा
November 14, 8:28
काठमाण्डाै - आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्।फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।
सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले… विस्तृतमा