टी–२० विश्व कप : उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

news
news
November 14, 8:28

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्।फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।

सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो ।

सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तानसँग पराजित न्युजिल्यान्डले भारत, स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानलाई हराएको थियो ।

सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो । न्युजिल्यान्डका विकेट किपर डेभोन कोन्वे हातको समस्याले आजको खेल खेल्ने छैनन् । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा