एलपीएलको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी

LPL Photos
LPL Photos
November 22, 4:51

धनगढी - धनगढी - धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि रहने भएको छ । प्रतियोगिताको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि. का  तर्फबाट सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिंले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

धनगढीमा सुदूरपश्चिम प्रदेशमै होटेल क्षेत्र मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको डिभोटी होटेलले उमेर समूहको क्रिकेट उत्थानका लागि हातेमालो गरेकोमा अध्यक्ष शाहीले हस्ताक्षर पछि धन्यवाद ज्ञापन गरे । होटेल डिभोटीले पछिल्लो समय विभिन्न अफर मार्फत ग्राहकको सेवालाई थप परिष्कृत गर्दै आएको छ । म्यानेजर सिंका अनुसार प्रत्येक शुक्रबार म्युजिकल नाइटसहित ८ सय मा अन लिमिटेड खानाका परिकार, विद्यार्थीहरूका लागि अन्य ग्राहक भन्दा ३० प्रतिशत कम लागतमा बर्थडे पार्टी तथा अन्य खानाका परिकार र ग्रुप अफर पनि सञ्चालनमा ल्याएको छ । 

No description available.

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । 

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता डिल्लीराज ओझा समर्पणले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा