बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

cricket-19
cricket-19
December 03, 5:10

काठमाडौंः यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो ।
जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो । यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाएर केवल ९५ रन मात्रै जोड्न सक्यो । बागमतीका लागि विवेक मगरले ७५ बलमा ३२ रन बनाउनु सर्वाधिक रह्यो । त्यस्तै कृष्ण कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमशः ५ र ४ विकेट लिएका थिए । 
जवाफी इनिङ सुरू गरेको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा नरेश भट्ट र राहुल भण्डारीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टीमलाइ जित दिलाए । भट्टले ५८ बलमा ३७ रनको अविजित इनिङ खेल्दा भण्डारीले ३९ बलमा ३१ रन बनाए । कप्तान खडक बोहोरा ५ रनमा आउट हुँदा बसन्त कार्की ११ रन बनाएर पेभिलियन फर्किएका थिए । बागमतीका लागि प्रतिश जिसी र गौतम केसीले समान १९१ विकेट लिए। जितसँगै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ ।
अब उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीसँग आइतबार टियू मैदान कीर्तिपुरमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा