यु–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जित 

Supa
Supa
December 01, 4:53

काठमाडौँ – काठमाडौँमा जारी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम तेस्रो जित हात पारेको छ। बुधवार मूल पानी मैदानमा भएको प्रतियोगिताको १८औँ खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गरेको हो। यो सँगै सुदूरपश्चिमले फाइनल सम्भावना कायम राखेको छ। 

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अङ्कित सुवेदीको ६१ रनको शानदार अर्धशतकीय इनिङका बाबजुद ९० रन मात्रै बनायो। सुवेदीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। सुदूरपश्चिमका लागि शेर मल्लले ४ तथा नरेन्द्र साउदले ३ विकेट लिँदा कैला ऐरीको नाममा २ विकेट रह्यो।

९० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात खराब भए पनि पछिल्लो क्रम सम्हालिँदा ३१ ओभरमै लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो। उसका लागि वसन्त कार्की र अर्जुन साउदले पाँचौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरे।

त्यसअघि सुदूरपश्चिमले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। कार्की ३७ रनमा नट आउट रहँदा साउद ३२ रनमा अविजित रहे। थप दोहोरो स्कोरका रूपमा दीपक टमाटाको १० रन रह्यो।  प्रदेश एकका लागि अभिनय राजवंशीले २ विकेट तथा श्रवण किस्कु र अङ्कित सुवेदीले थप १–१ विकेट लिए। सुदूरपश्चिमको पाँच खेलमा ६ अङ्क भएको छ।

तस्बिर क्यान

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा