टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने १६ टोलीको टुङ्गो

news
news
November 21, 9:43

अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ । जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी-२० को माथिल्लो वरीयतामा रहेको तर विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्बे सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् ।

यस्तै एसिया क्षेत्र छनोटबाट बहरानइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनी तथा अमेरिका क्षेत्रबाट अमेरिका र क्यानडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेका हुन् । एसिया क्षेत्रको समूह बी को प्रतियोगिता रद्द हुँदा हङकङ छनोट भएको हो भने इस्ट एसिया प्यासिफिकको छनोट पनि रद्द हुँदा फिलिपिन्स छनोट भयो ।

ग्लोबल क्वालिफायरमा एसियाबाट सर्वाधिक ६ टिम छन् । यस्तै युरोपबाट चार टिम रहँदा अफ्रिकाबाट दुई, अमेरिकाबाट दुई र इस्ट एसियाबाट दुई टिम छन् । टी-२० विश्वकपका लागि अर्को वर्ष फेब्रुअरी र मे महीनामा ग्लोबल क्वालिफायर हुनेछ । जहाँ १६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहबाट शीर्ष २-२ टिम अर्को वर्ष अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । नेपालले छनोट भएर सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो । त्यसपछिको दुई संस्करणमा भने नेपाल छनोट हुन सकेन ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा