एलपीएलको सह-प्रायोजकमा  एभरफन चकलेट 

Ever
Ever
November 26, 4:39

धनगढी,  - 

धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सह प्रायोजक (गेट प्रायोजक) एभरफन चकलेट रहने भएको छ । 

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सह प्रायोजकको रूपमा शुक्रबार एभरफन चकलेट जोडिएको हो ।

प्रतियोगिताको सह प्रायोजक एभरफन चकलेटको तर्फबाट प्रदीप राना र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही बिच प्रतियोगिताको सह प्रायोजक (गेट  प्रायोजक) सम्बन्धी  सम्झौता पत्रमा आज  हस्ताक्षर भएको छ ।  हस्ताक्षर पश्चात् विद्यालय स्तरको खेल आयोजनामा सह प्रायोजक भई  सहकार्य गरेकोमा एभरफन चकलेट परिवारप्रति  अध्यक्ष शाहीले धन्यवाद ज्ञापन गरे ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा